८ असार २०८३, सोमबार
,
Latest
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु अहिलेको प्रमुख कामः प्रधानमन्त्री



तस्बिर : प्रदीपराज वन्त/रासस
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दललाई सहमतिमा ल्याइ राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै अहिलेको प्रमुख काम भएको बताउनुभएको छ ।

शनिवार रिपोर्टस क्लवको २६ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले अहिले सबै राजनीतिक दलहरुलाई एक ठाउँमा ल्याइ सहमतिकै आधारमा काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले नेपाललाई अहिले सुशासन र समृद्धि आवश्यक रहेको भन्दै मुलुकमा अहिले राष्ट्रिय समझदारी बनाउन नसके निकै अफ्ठ्यारो स्थितिको सामना गर्नुपर्ने बताउनु भयो । उहाँले शान्ति प्रक्रियासँग सम्बन्धित काम र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा छलफल गर्न लागेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन एकातिर केपी ओली, अर्कोतिर शेरबहादुर देउवा राखेर सहमति बनाउनुस् भन्नुभयो । नभन्दै आज अहिले एकातिर शेरबहादुर जी र अर्कोतिर केपी ओलीजी बस्दैछौँ । हामी अहिलेको शान्ति प्रक्रियासँग सम्बन्धित पनि र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा पनि गम्भीर छलफल गर्दैछौँ । मेरो कोशिस सकेसम्म सबै राजनीतिक दल सबैलाई सहमतिमा ल्याएर एउटा राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै हो । हुनत नेपाली काँग्रेससँग नजिक हुँदा र कहिले नेकपा एमालेसँग नजिक हुँदा नेता साथीहरुलाई नमिठो लागेकै छ ।

हामीले सहमतिकै आधारमा काम गरिरहेका छौँ । राष्ट्रिय सहमतिको वातावरण बनाउने किसिमले नै हामीले पहल गरेका छौँ । त्यसको एउटा वातावरण बनिरहेको पनि छ । हामीलाई यति बेला चाहिएको भनेको सुशासन र समृद्धि हो । हामीले त्यसको निम्ति राष्ट्रिय समझदारी बनाउन नसके निकै अफ्ठ्यारो स्थितिको सामना गर्नुपर्छ, नेपाल र नेपालीले ।’

प्रधानमन्त्री दाहालले आजको प्रमुख राजनीतिक कार्यभार प्राप्त राजनीतिक अधिकार सुनिश्चित र सुदृढ गर्दै संविधानको प्रगतिशिल कार्यान्वयन सुनिश्चित गरी त्यसको जगमा आर्थिक समृद्धिको दिशा लिनु रहेको बताउनु भयो ।