८ असार २०८३, सोमबार
,
Latest
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री लामिछानेसँग धरान उपमहानगरपालिका प्रमुख साम्पाङको भेट-के भयो कुरा ?



अ+ अ-

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग धरानउपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको भेट भएकाे छ । भेटमा प्रमुख साम्पाङले धरानका बिभिन्न बिषयमा गृहमन्त्री लामिछानेको ध्यानकर्षण गराउनु भएको छ ।

मेयर साम्पाङले धरान इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त सोत–साधनको मागगर्नुभयो । उहाँले कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेकोगुनासो गर्नुभयो । भेटमा गृहमन्त्री लामिछानेले लोकप्रिय जनप्रतिनिधिले मन्त्रालयमै आएर राखेका माग  सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

गृहमन्त्री लामिछानेलाई  प्रमुख साम्पाङले प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न  सुझाव दिनुभयाे । प्रहरीलाई ‘आम नागरिकलाई भर: गलत गर्नेलाई डर’ हुने संगठन बनाउने गृहमन्त्रीले प्रतिवद्धता जनाउनु भयो । गृहमन्त्री र प्रमुख साम्पाङबीच लागू औषध दुर्व्यसनी नियन्त्रणबारे पनि छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । नशाका लागि विभिन्न थरीका औषधी मिसाएर खाने प्रवृत्ति बढेको तर, त्यसविरुद्ध कारबाही चलाउन कानून नरहेकोबारे प्रमुख साम्पाङद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण गराउनु भयो ।

गृहमन्त्री लामिछानेले नियन्त्रणका लागि तीनै तहका सरकारबीच प्रभावकारी सहकार्य सहित विशेष अभियान सञ्चालन गर्नुपर्ने बताउनु भयो । गृहमन्त्रीले साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिवद्धता जनाउनु भयो ।