२४ जेष्ठ २०८३, आईतवार
,
Latest
समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीले चेन्नईलाई २० रनले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ मा दिल्ली क्यापिटल्स (डीसी)ले पहिलो जित हासिल गरेको छ ।

टोलीले चालू सिजनको १३औं खेलमा चेन्नई सुपर किंग्स (सीएसके)लाई २० रनले पराजित गरेको हो । आइतबार विशाखापट्टनममा भएको दोस्रो खेलमा दिल्लीले २० ओभरमा १९१ रन बनाएको थियो ।

१९२ रनको लक्ष्यको सामना गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन मात्रै बनाउन सक्यो ।

चेन्नईका लागि अजिंक्य रहाणेले ३० बलमा ४५ रन बनाए भने एमएस धोनीले १६ बलमा ३७ रनको अविजित इनिङ खेले । उनले ४ चौका र ३ छक्का प्रहार गरे । दिल्लीका मुकेश कुमारले ३ विकेट लिए । खलील अहमदले पनि दुईवटा सफलता हात पारे ।

दिल्लीका लागि कप्तान ऋषभ पन्तले ३२ बलमा ५१ रनको इनिङ खेले । उनले ४ चौका र ३ छक्का प्रहार गरे । डेभिड वार्नर (५२ रन)ले आफ्नो आईपीएल करियरको ६२औँ अर्धशतक बनाए । पृथ्वी शाले २७ बलमा ४३ रन बनाए । चेन्नईका मथिशा पथिरानाले ३ विकेट लिए ।