२६ असार २०८३, शुक्रबार
,
Latest
ऊर्जा क्षेत्रका उद्यमीसँग आज प्रधानमन्त्री शाहको छलफल हुँदै केन्द्रीय बैंकद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान फुटबलमार्फत युवाको ‘नेट जिरो’ सन्देश, जलवायु कार्यमा विश्व नेतालाई जिम्मेवार बन्न आग्रह ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण कर्णाली नदीमा बेपत्ता मध्ये थप दुई जनाको शव फेला युवालाई रोजगारीसँग जोड्न मन्त्रालयको पहल, सबै विभागलाई तथ्याङ्क पेश गर्न कृषिमन्त्रीको निर्देशन आर्थिक वर्षको अन्त्यमा खर्चको चाप: असारमा मात्रै ११ प्रतिशत र एकै दिन ३३ अर्ब १६… भारतको महाराष्ट्रमा फोहोरको ढिस्कोले भवन थिचिँदा १६ जना पुरिएको आशंका साउदी अरब र क्यानडाबीच सहयोग अभिवृद्धि गर्न विभिन्न समझदारी पत्रमा हस्ताक्षर इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माईक्रो रेल प्रविधिमा आधारित पोर्ड वेका लागि सरकारले तत्काल कार्यविधि बनाउनुपर्छ: मेटमणि चौधरी



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले माईक्रो रेल प्रविधिमा आधारित पोड वे सञ्चालनका लागि तत्काल कार्यविधि बनाउन सरकारसँग माग गर्नुभएको छ ।

सवारी दुर्घटनाबाट जिउधनको सुरक्षा गर्न, नेपालमा पर्यटकीय क्षेत्रको विकास गर्न, ट्राफिक जाम हटाउन, पेट्रोलियम पदार्र्थको आयातलाई विस्थापन गर्न पनि सो प्रविधिमा आधारित पोड वे भरपर्दो माध्याम हुने भएकाले यसको सञ्चालनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले तत्काल सो सम्बन्धि कार्यविधि बनाउन ढिलाई गर्न नहुने बताउनुभएको हो । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक चौधरीले नेपालका लागि उपयोगी भनेर सरकारले गत मंसीर ७ गते राजपत्रमा प्रकाशित गरेकाले त्यसका लागि आवश्यक ऐन, नियम बनाउने काममा लाग्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘माईक्रोरेल प्रविधिमा आधारित कार्यविधिको अभावले काम अघि बढन सकेको छैन । कार्यविधि कहिले बन्ने हो ? काम कहिले अगाडि बढ्ने हो ? सम्बन्धित मन्त्रालयको ध्यान जानुपर्ने देखिन्छ । यदि यो प्रविधिलाई कार्यान्वयन गर्ने हो भने काठमाडौं लगायत महत्वपूर्ण सहरहरुमा ट्राफिक जामलाई हटाउन सकिन्छ । नेपालको पर्यटकीय क्षेत्रमा उल्लेख्य रुपमा विकास गर्न सकिन्छ । इन्धनलाई प्रतिस्थापन गर्न सकिन्छ । सुरक्षित यात्राको ग्यारेन्टी गर्न सकिन्छ । प्रदुषणका कारण जलवायुमा हुने परिवर्तनलाई रोक्न सकिन्छ । हिमाली र पहाडी क्षेत्रमा हुने हवाई यातायातको विकल्पको रुपमा स्थापित गर्न सकिन्छ । जस्तोसुकै मौसममा पनि यो प्रविधिमा आधारित यातायात नेपालमा अत्यन्तै उपयोगी हुन सक्छ । यसैले सम्माननीय सभामुख महोदय, २०८० साल मंसीर ७ गते राजपत्रमा समेत प्रकाशित भईसकेको अवस्थामा माईक्रोरेल प्रविधिमा आधारित पोर्ड वे कार्यविधि बनाउनका लागि सम्माननीय प्रधानमन्त्री, सम्बन्धित मन्त्रालयहरुको ध्यानाकर्षण गराउन चाहन्छु । र, कार्यान्वयनका लागि अनुरोध गर्दछु ।’

प्रमुख सचेतक चौधरीले सुरक्षित र भरपर्दो यात्राका लागि पनि सो प्रविधिमा आधारित पोड वे अत्यन्त कामयावी हुने बताउनु भयो ।