२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानको लगातार तेस्रो जित, मुम्बईको लगातार तेस्रो हार



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले लगातार तेस्रो हार बेहोरेको छ ।

राजस्थान रोयल्सले मुम्बईलाई उसकै घरेलु मैदानमा ६ विकेटले पराजित गरेको हो । यो सिजनमा राजस्थानको लगातार तेस्रो जित समेत हो ।

सोमबार मुम्बईको वानखेडे स्टेडियममा मुम्बईले पहिले ब्याटिङ गरेको थियो । टिमले २० ओभरमा ९ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

राजस्थानले १५.३ ओभरमा १२६ रनको लक्ष्य पुरा गरेको थियो । टोलीका तर्फबाट रियान परागले अर्धशतक प्रहार गरे भने उनी ५४ रन बनाएर नटआउट रहे ।

मुम्बई इन्डियन्स राजस्थान रोयल्सविरुद्ध फ्लप साबित भयो । हार्दिक पाण्ड्याको नेतृत्वमा टिमले २० ओभरमा ९ विकेट गुमाएर १२५ रन बनाएर मुम्बईलाई १२६ रनको सामान्य लक्ष्य दिएको थियो ।

यस खेलमा मुम्बईको शीर्ष क्रमको प्रदर्शन निराशाजनक रह्यो । टोलीलाई पहिलो ओभरमा रोहित शर्मा र नमन धीरको रूपमा दुई झट्का लागेको थियो । राजस्थानका ट्रेन्ट बोल्टले आफ्नो घातक बलिङ प्रदर्शन गर्दै लगातार दुई बलमा दुई विकेट लिए ।

इनिङ्सको तेस्रो ओभरमा पनि बायाँ हाते बलरले डेभल्ड ब्रेभिसको रूपमा तेस्रो सफलता हासिल गरे । तीनै ब्याट्सम्यान खाता नखोलेर आउट भए । टोलीलाई चौथो झटका २० रनको स्कोरमा इशान किशनको रुपमा लाग्यो । उनी चौथो ओभरको तेस्रो बलमा नान्द्रे बर्गरबाट सञ्जु सामसनको हातमा क्याच आउट भए ।

यो खेलमा राजस्थानका बलरहरूले मुम्बईका ब्याट्सम्यानलाई त्रसित बनाएका थिए । तिलक वर्मा र हार्दिक पाण्ड्याबीच पाँचौं विकेटका लागि ५६ रनको साझेदारी भएको थियो, जसलाई युजवेन्द्र चहलले ७६ रनको स्कोरमा तोडेका थिए ।

राजस्थान विरुद्ध कप्तान पाण्ड्याले २१ बलमा ३४ रन बनाउन सके । यस अवधिमा उनको ब्याटबाट ६ चौका निस्कियो । त्यसपछि सातौं नम्बरमा ब्याटिङ गर्न आएका पियुष चावलाले तीन रन मात्रै बनाउन सके । उनलाई आवेश खानले आउट गरेका थिए ।

यस खेलमा मुम्बईको मेरुदण्डका रुपमा उभिएका तिलक वर्मा पनि आउट भए । युजवेन्द्र चहलले उनलाई आफ्नो शिकार बनाए । युवा ब्याट्सम्यान २९ बलमा ३२ रन बनाएर फर्किए । यस खेलमा जेराल्ड कोएट्जीले चार र टिम डेभिडले १७ रन बनाए । त्यसैगरी बुमराह आठ रन बनाएर अविजित रहे भने आकाश मधवालले चार रन बनाएर अविजित रहे ।

मुम्बईविरुद्ध राजस्थानका बलरहरूले घातक बलिङ गरे । ट्रेन्ट बोल्ट र युजभेन्द्र चहलले तीन–तीन विकेट लिए । योसँगै नान्द्रे बर्गरले दुई विकेट लिए भने आवेश खानले एक विकेट लिए ।

आजको खेलः रोयल च्यालेन्जर्स बैंगलोर भर्सेस लखनउ सुपर जायन्ट्स – साँझ ७ः४५ बजे