२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा सबैभन्दा धेरै पटक डकआउट हुने खेलाडी बने रोहित शर्मा



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले लगातार तेस्रो जित हात निकालेको छ । राजस्थानले सोमबार मुम्बई इन्डियन्सलाई वानखेडे स्टेडियममा ६ विकेटले पराजित गरेको हो ।

यस खेलमा यस्ता थुप्रै कीर्तिमानहरु बने । मुम्बईका पूर्व कप्तान रोहित शर्मा पहिलो बलमै आउट भए र प्रतियोगितामा कीर्तिमानी १७ औं पटक शून्य रनमा आउट भए ।

राजस्थानका युजवेन्द्र चहलले कीर्तिमानी २० औं पटक एक इनिङ्समा ३ भन्दा माथि विकेट लिए । रविचन्द्रन अश्विनले आफ्नो २०० औं खेल खेले । मुम्बईले आईपीएलमा आफ्नो २५० औं खेल खेल्यो । अश्विन २०० म्याच खेल्ने दोस्रो बलर बने भने मुम्बई यति धेरै खेल खेल्ने पहिलो टोली बनेको छ ।

मुम्बईका पूर्व कप्तान रोहित शर्माले राजस्थानविरुद्ध खाता पनि खोल्न सकेनन्, उनी पहिलो बलमा ट्रेन्ट बोल्टबाट आउट भएका थिए । योसँगै रोहितले आईपीएलमा १७ पटक शून्यमा आउट हुने कीर्तिमान बनाएका छन् । यस मामिलामा दिनेश कार्तिक पनि उनीसँगै बराबरीमा छन् ।

आईपीएलमा सबैभन्दा धेरै डकआउट हुने खेलाडीहरुः
रोहित शर्मा र दिनेश कार्तिक – १७/१७
ग्लेन म्याक्सवेल, पियुष चावला, मन्दीप सिंह र सुनील नारायण – १५/१५