२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभामा बिमस्टेक बडा पत्रको प्रावधानमाथि छलफल शुरु



तस्बिरः किरणराज विष्ट/रासस
अ+ अ-

काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास (बिमस्टेक) बडा पत्रको प्रावधानमाथि छलफल शुरु भएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बिमस्टेकको बडा पत्र संसदबाट अनुमोदन गर्नुपर्ने भएकाले सो सम्बन्धमा छलफल शुरु गरिएको हो । बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्तले बिमस्टेकबाट नेपालले प्राविधिक, शैक्षिक र अनुसन्धानको क्षेत्रमा फाईदा लिन सक्ने बताउनु भयो । उहाँले क्षेत्रीय संगठनमा भारतको बढि चासो भएको उल्लेख गर्दै देशको हितमा यसलाई परिचालन गर्न नेपाल सरकारले विशेष जोड दिनुपर्ने बताउनु भयो ।

सांसद पन्तले भन्नुभयो, ‘विमस्टेकबाट नेपालले ठोस रुपमा कुनै फाईदा लिएको अहिलेसम्म देखिँदैन । त्यसकारण हामीले हेर्नुपर्ने कुरा के छ भने हामीले प्राविधिक, शैक्षिक र अनुसन्धानका विषयहरुमा यसबाट बेनिफिट लिन सक्छौं । त्यसका लागि पनि धेरै भरपर्ने चाहीँ एक नम्बरमा भारत त्यसपछि थाईल्याण्ड देखिन्छ । र यो जतिसुकै क्षेत्रीय सहयोगको लागि बनाएको संगठन भनेपनि यसमा भारत विशेष रुचि देखिन्छ । यसलाई नेपालको हितमा उपयोग गर्न सक्नुपर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वार्णिम वाग्लेले विमस्टेकमा नेपालको सार्वभौमिकतामाथि आँच आउने कुनै पनि प्रावधान नभएकाले त्यसको स्वागत गर्नुपर्ने बताउनु भयो । उहाँले विमस्टेकलाई सशक्त बनाउन सकियो भने त्यसले नेपालको हित नै गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

उपसभापति वाग्लेले भन्नुभयो, ‘हाम्रो सार्वभौमिकतामाथि आँच आउने प्रावधान यसमा छैनन् । त्यसैले म यसको स्वागत गर्न चाहन्छु । आर्थिक उन्ननयन, सामाजिक प्रगति, बैज्ञानिक उपलब्धि, शान्ति, स्थायित्व, कनेक्टिभिटी जस्ता मुद्दाहरुमा क्षेत्रीय सहकार्य गर्ने उद्देश्यले विमस्टेक बल्ल जाग्दैछ । यसलाई हुर्काएर दौडाउन सकियो भने नेपालको हितनै हुन्छ भन्ने हाम्रो पार्टीको मत छ ।’

सांसद वाग्लेले आर्थिक उन्ननयन, सामाजिक प्रगति, वैज्ञानिक उपलब्धि, शान्ति, स्थायित्व, कनेक्टिभिटी जस्ता मुद्दाहरुमा विमस्टेकले जोड दिएको उल्लेख गर्दै नेपालले पनि त्यसमा सहकार्यको हातलाई बलियो बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनु भयो ।