२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपाली प्रकरण: राज्य र चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण: गगन थापा गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल प्रधानमन्त्रीलाई महासंघको सुझाव ‘सरकारको भूमिका नियामक भन्दा सहजीकरणकर्ता र समन्वयकर्ताको हुनुपर्छ ’ उपकरण हस्तान्तरण गर्न भरतपुर अस्पतालको आह्वान एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीका मुख्यमन्त्री चौधरीले राजीनामा दिने



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् ।

विश्वासको मत नपाउने सम्भावना भएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन् ।

मुख्यमन्त्री चौधरीले आज दिउँसो ४ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची रहेको थियो । तर, विश्वासको मत नपाउने सम्भावना भएपछि उनले राजीनामा दिने तयारी गरेका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन चाहिन्छ । जसमा कांग्रेसका २७ सांसद रहेका छन्।

यस्तै, लुम्बिनीमा एमालेका २९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४–४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र एक स्वतन्त्र सांसद छन् ।




भर्खरै