२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा मुम्बईको पहिलो जित, दिल्लीलाई २९ रनले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ (आईपीएल) मा मुम्बई इन्डियन्स (एमआई)ले पहिलो जित हात पारेको छ ।

टोलीले चालु सिजनको २० औं खेलमा दिल्ली क्यापिटल्स (डीसी) लाई २९ रनले पराजित गरेको हो ।

आइतबार वानखेडे रंगशालामा भएको डबल हेडरको पहिलो खेलमा दिल्लीले टस जितेर बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २३४ रन बनाएको थियो ।

जवाफमा दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर २०५ रन मात्रै बनाउन सक्यो ।

मुम्बईको इनिङ्सको अन्तिम ओभरमा ३२ रन बन्यो । रोमारियो शेफर्डले एनरिके नोर्ट्याका सबै ६ बलमा बाउन्ड्री प्रहार गरे । जसमा ४ छक्का र २ चौका थिए ।

शेफर्डले १० बलमा ३९ रन बनाए भने टिम डेभिडले २१ बलमा ४५ रन बनाए । दुवैले ५३ रनको अविजित साझेदारी गरे । रोहित शर्माले ४९ र इशान किशनले ४२ रन बनाए । कप्तान हार्दिक पाण्ड्याले ३३ बलमा ३९ रन बनाए । अक्षर पटेलले दुई विकेट लिए ।

२३५ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीको टोलीले २० ओभरमा आठ विकेट गुमाएर २०५ रन मात्रै बनाउन सकेको थियो । १९ औं ओभरसम्म दिल्लीले २०१ रन बनाएको थियो भने मुम्बईले २०२ रन बनाएको थियो । शेफर्डको ३२ रन निर्णायक साबित भयो ।

पाँच खेलमा चौथो हारसँगै दिल्लीको टोली अंक तालिकाको पुछारको १० औं स्थानमा झरेको छ । योसँगै लगातार तीन खेल हारेर पहिलो जित दर्ता गर्दै मुम्बईको टोली आठौं स्थानमा पुगेको छ । दिल्लीको अर्को खेल अप्रिल १२ मा लखनऊ सुपर जायन्ट्ससँग एकनामा हुनेछ । त्यस्तै, मुम्बईको टोलीले अप्रिल ११ मा वानखेडेमा रोयल च्यालेन्जर्स बैंग्लोरको सामना गर्नेछ ।