८ असार २०८३, सोमबार
,
Latest
सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि सार्वजनिक बेथितीविरुद्ध आवाज उठाउने जेनजी युवा खड्का पक्राउ रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले ललितपुरको अध्यक्षमा आचार्य निर्वाचित



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित हुनुभएको छ ।

आज भएको निर्वाचनमा आचार्य दुई सय २९ मत प्राप्त गरी जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन आयुक्त पुरुषोत्तम ढुङ्गानाले जानकारी गराउनुभयो । निर्वाचन आयुक्त ढुङ्गानाका अनुसार अध्यक्षका प्रत्यासी चेतनाथ सञ्जेलले एक सय ५४, दिनेश कार्कीले ८१ र सुवर्ण श्रेष्ठले नौ मत प्राप्त गर्नुभएको छ ।

यही चैत २३ गतेदेखि सुरु भएको नवौँ जिल्ला अधिवेशनमा नेतृत्व चयनका विषयमा सहमति नभएपछि आज निर्वाचन भएको हो । त्यस्तै पदाधिकारीतर्फ उपाध्यक्षमा मञ्जली शाक्य, सचिवमा राम राउत र उपसचिवमा प्रभाकर थापा तथा आशा राई निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा शाक्यले एक सय ७३ मत प्राप्त गर्दा प्रतिस्पर्धात्मक हरिगोविन्द श्रेष्ठले एक सय १५ मत प्राप्त गर्नुभयो । शाक्य ललितपुर महानगरपालिकाको उपप्रमुख हुनुहुन्छ भने श्रेष्ठ महालक्ष्मी नगरपालिकाको प्रमुख हुनुहुन्छ ।

सचिवमा राउतले एक सय ७९ मत ल्याएर विजयी हुँदा उहाँका प्रत्यासी रत्न महर्जनले एक सय १२ मत प्राप्त गर्नुभयो । उपसचिव खुलामा प्रभाकर थापाले एक सय ५४ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रत्यासी श्याम बजगाईले ९९ मत पाउनुभएको निर्वाचन आयुक्त ढुङ्गानाले जानकारी दिनुभयो ।

उपसचिव महिलामा आशा राई एक सय ४२ मत प्राप्त गरी विजयी हुनुभयो भने प्रत्यासी सङ्गीता अच्छामीले एक सय ४० मत प्राप्त गर्नुभयो । निर्वाचनमा कूल चार सय ७८ मतदातामध्ये चार सय ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।