८ असार २०८३, सोमबार
,
Latest
सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि सार्वजनिक बेथितीविरुद्ध आवाज उठाउने जेनजी युवा खड्का पक्राउ रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ ।

मंगलबार बसेको बैठकमा कांग्रेसले संसद् अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

त्यसपछि सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । बैठकमा सहमति नजुटेपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो ।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गरेर संसद् अवरोध गर्दै आइरहेको छ ।