२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगिको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्छ: प्रमुख सचेतक शाही



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले सहकारीमा लाखौँ मानिसहरु पीडित भएको भन्दै संसदीय छानविन समिति बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले यसअघि पनि संसदबाट संसदीय छानविन समिति बनेको उल्लेख गर्दै अब पनि संसदीय छानविन बनाउनुपर्ने बताउनु भयो । उहाँले मंगलवार (हिजो) राप्रपाले गरेको शान्तिपूर्ण आन्दोलनमा गृहमन्त्रालयको निर्देशनमा आफूमाथि कुटपिट भएको बताउनु भयो । उहाँले गृहमन्त्री रवि लामिछानेलाई विगतमा चितवन प्रहरीले पक्राउ गर्दा आफूले साथ दिएको स्मरण गराउँदै उहाँले आज आफूमाथि उनै गृहमन्त्रीले कुटपिट गराएको बताउनु भयो । उहाँले गृहमन्त्री लामिछानेको यसप्रकारको कदमको भत्र्सना गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘रवि लामिछाने यो देशको गृहमन्त्री हुँदै गर्दा माईतीघर मण्डला निषेधित गराउनुभएको छ । आज भद्रकालीको मन्दिरसम्म निधेषित बनाउनुभएको छ । यो देशको संविधान ठुलो कि गृहमन्त्री ठूलो ? नेपालको संविधानले स्पष्ट भनेको छ, शान्तिपूर्ण रुपमा कुनैपनि मान्छेले, कुनैपनि समूहले, कुनैपनि दलले आफ्नो मत राख्न पाउँछन् । निषेधाज्ञा कहाँ गर्ने भन्ने थाहा छ कि छैन ? भोलि सभामुख र हामी सांसदहरुको घर पनि निषेधाज्ञा बन्देला । बाथरुम पनि निषेधाज्ञा बन्देला ।’

‘सिंहदरबार निषेधाज्ञा हो, संसद भवन, राष्ट्रपति कार्यालय निषेधाज्ञा हो । रत्नपार्क निषेधाज्ञा हुन्छ ? भृकुटीमण्डप निषेधाज्ञा हुन्छ ? भद्रकालीको मन्दिर निषेधाज्ञा हुन्छ ? यस्तो गरेर उहाँहरुले जघन्य अपराध, निर्ममतापूर्वक हिजो उहाँहरुले हाम्रो कार्यकर्तालाई मात्रै कुटपिट गर्नुभएन । पूर्व गृहमन्त्री बुद्धिमान तामाङलाई कुटपिट गरिएको छ । हिजो मलाई गृहमन्त्रालयको आदेशमा डिएसपीले पक्रेर कुटपिट गर्न र मेरो लगाएको कपडा च्यात्नसम्म लगाउनुभयो । यसलाई कालो दिनमा रुपमा हामीले हेरेका छौँ । सुशासन मुखमा होइन व्यवहारमा गर्नुस् । सहकारीमा लाखौँ मानिसहरु पीडित छन् । छानविन समिति बनाऔँ । पहिला पनि हामीले छानविन समिति बनाएको हो । अब पनि बनाऔँ ।’

प्रमुख सचेतक शाहीले ०४७ सालपछिका सार्वजनिक व्यक्तिहरुको सम्पती छानविन गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिनुभयो ।