२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा उपाध्यक्ष निर्वाचन: दुवै प्रस्ताव प्रस्तुत



तस्बिरःरासस
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचनका लागि दर्ता भएका दुवै प्रस्तावका प्रस्तावक र समर्थकले आफ्ना उम्मेदवारका पक्षमा दाबी प्रस्तुत गर्नुभएको छ ।

उक्त पदमा नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनी र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सांसद बिमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावको दर्ता भएका थिए । सांसद पुडासैनलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावका प्रस्तावक कांग्रेसका सांसद दुर्गादेवी गुरुङले पुडासैनी लोकतान्त्रिक आन्दोलनमा निस्वार्थरुपमा लागेर काम गर्नुभएको बताउनुभयो । सो प्रस्तावका समर्थक कांग्रेसका सांसद नारायणदत्त भट्टले समर्थन जनाउनुभयो ।

सांसद घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावका प्रस्ताव एमाले का सांसद भगवती न्यौपानेले कम्युनिष्ट आन्दोलनमा लागेर देश र जनताका लागि शालिन र सशक्तरुपमा भूमिका निर्वाह गर्दै आउनुभएको बताउनुभयो । उक्त प्रस्तावका समर्थक नेकपा ९माओवादी केन्द्र० का सांसद गोपीबहादुर सार्की अक्षामीले साझा सहमतिका आधारमा घिमिरेलाई उम्मेदवार बनाइएको अवगत गराउनुभयो ।

एमालेका सांसद देवेन्द्र दाहालले सर्वसम्मत हुन नसके पनि स्वच्छ प्रतिस्पर्धाका आधारमा उपाध्यक्ष चयन गर्न आग्रह गर्नुभयो । निवर्तमान उपाध्यक्ष एवं माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले उम्मेदवार घिमिरे उक्त पदका लागि योग्य भएको बताउनुभयो भने कांग्रेसका कृष्णबहादुर रोकायाले राष्ट्रियसभालाई सहमतिका आधारमा आफ्नो पार्टीलाई दिने अपेक्षा गरे पनि उक्त अपेक्षा पूरा हुन नसकेको गुनासो गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले घिमिरेसँग आफूले लामो समयदेखि सहकार्य गरेको उल्लेख गर्दै विद्यमान अवस्थामा उहाँ उक्त पदका लागि उपयुक्त पात्र भएको बताउनुभयो ।

जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले पनि घिमिरेलाई समर्थन गर्नुभयो । दुवै प्रस्तावलाई क्रमश: निर्णयार्थ प्रस्तुत गर्न दस्तखतसहितको मतविभाजका माध्यमबाट निर्वाचन हुने कार्यक्रम रहेको छ ।