२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेशका मुख्यमन्त्रीले १५ महिनामा आज चौथो पटक विश्वासको मत लिँदै



अ+ अ-

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले १५ महिनामा आज चौथो पटक विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दै छ ।

संघीय सत्ता समीकरण परिवर्तन भएपछि मधेश सरकारबाट गत चैत ५ गते नेपाली कांग्रेस बाहिरिएको थियो । चैत ९ गते कांग्रेसले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो ।

सरकारमा सहभागी हुनै दलले विश्वासको मत फिर्ता लिएमा मुख्यमन्त्रीले प्रदेशसभामा ३० दिन पुन: विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । त्यही अनुसार मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन् ।

कांग्रेस सरकारबाट हटेपछि नेकपा एमाले अहिले मधेस प्रदेशमा सहभागी छ । मुख्यमन्त्री यादवलाई विश्वासको मत पाउन समस्या छैन । अहिले गठबन्धन दलसँग मधेस प्रदेशमा स्पष्ट बहुमत छ ।