२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा, कुन–कुन टिम पुगे ?



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाउने चारै टोलीको टुंगो लागेको छ । गएराति भएका दुई खेलको पनि नतिजा आएपछि सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागेको हो ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी), जर्मन क्लब बोरुसिया डर्टमण्ड, स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर्न म्युनिखले सेमिफाइनलमा स्थान बनाए ।

क्वाटरफाइनलमा पिएसजीले बार्सिलोनालाई ६–४ को एग्रिगेटमा, डर्टमण्डले एट्लेटिको मड्रिडलाई ५–४, रियल मड्रिडले म्यान्चेस्टर सिटीलाई पेनाल्टीमा ४–३ ले हराउँदै तथा बायर्नले आर्सनललाई ३–२ को एग्रिगेटमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

अब सेमिफाइनलमा पिएसजी र डर्टमण्ड तथा रियल र बायर्न भिड्नेछन् । सेमिफाइनलमा खेलहरु मे ७ मा हुनेछन् ।