२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालको भिडन्त युएईसँग



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ  ।

साबिक विजेता समेत रहेको नेपाल समूह ‘ए’को विजेता र युएई समूह ‘बी’को उपविजेताका रूपमा अन्तिम चारमा भिड्न लागेका हुन् ।

ओमानमा बुधबार भएको खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेट हराउँदै समूह विजेता बनेको हो ।

नेपालसँग पराजित साउदी अरेबियाको सेमिफाइनल पुग्ने सपना अधुरै रह्यो । समूह ‘ए’मा साउदी अरेबियाको चार खेलबाट २ अंक रह्यो  । नेपालविरुद्धको खेलमा जित निकाल्न सकेको खण्डमा साउदी अरेबियाले हङकङ र कतारसँग समान ४ अंक बनाउने थियो । रनरेटका आधारमा साउदी अरेबियाले अन्तिम चारमा पुग्ने मौका पाउने थियो ।

कतार र हङकङले चार खेलमा समान ४ अंक जोडे । तर, रनरेटमा पछि परेपछि कतार अन्तिम चारमा पुग्न सकेन । अब हङकङले समूह ‘बी’को विजेता ओमानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’मा नेपाल अपराजित रह्यो । समूह ‘बी’मा ओमान पनि अपराजित रह्यो । युएईले ६ र कुवेतले ४ अंक जोडे ।