२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी प्रिमियर कपः वासिमको शतकमा युएईले ओमानलाई दियो २०५ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा युएईले ओमानलाई २०५ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरात मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ थालेको युएईले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन जोड्यो । उसका लागि कप्तान मोहम्मद वासिमले शतकीय पारी खेले ।

५६ बल खेलेका उनले ६ चौका र ७ छक्काको मद्दतमा १०० रन जोडे । यस्तै, आसिफ खानले ३८ तथा अलिशान सराफुले ३४ रनको योगदान दिए ।

ओमानका लागि बिलाल खानले २ तथा सकिल अहमद र जिसन मकसुदले १–१ विकेट लिए । यो खेलको विजेताले एसिया कपमा स्थान बनाउनेछ ।