३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

समीरको ‘पैसाको उडान’ बजारमा



अ+ अ-

काठमाडौंँ । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’ प्रकाशनमा आएको छ । लघुकथामा आफ्नो परिचय बनाइसक्नुभएका समीरको प्रस्तुत ५६ अध्याय रहेको कृति ‘मृत्युको आयु’ र ‘कोरोनातन्त्र’ जस्तै लघुकथा शैलीमा लेखिएको छ ।

अकल्पनीय रूपमा अर्बपति भएको एक नेता पैसाले खुसी, इज्जत, भोक, निद्रा, भावना, मुस्कान, आँसुजस्ता अभौतिक वस्तु किन्ने दौडमा रहन्छ र उसको मानसिकता विचलनमा आउँछ । सँगै राजनीति गरेको सुदामाको आदर्श जीवनलाई पनि उपन्यासका हरेक कथामा संँगसँंगै बुनिएको छ ।

शिखा बुक्सले प्रकाशन गरेको कृतिमा पैसाको महत्त्व मात्र नभई सीमितताबारे मार्मिक ढङ्बाट प्रस्तुत गरिएको छ । विज्ञान, प्रविधि र कृत्रिम बौद्धिकताको विकासले मानव सभ्यतामाथि के कस्तो प्रभाव पार्न सक्छ र अत्यधिक पैसाले जीवनमा के कस्ता दुष्प्रभाव पार्छ भन्ने कोणबाट उपन्यास लेखिएको छ ।

चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिनिनुभएका र युवा वर्ष मोती, उत्तम शान्ति, पद्मश्री र अनेसास पुरस्कार, नेपाल विद्याभूषण पदकलगायत तीन दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार–सम्मान प्राप्त गर्नुभएका समीरका यसअघि ‘अर्जुनदृष्टि’, ‘ईश्वरका कथा’, ‘अणु र पहाड’, ‘ग्रेटवालको ग्रेट अनुभूति’, ‘भूकम्पमा मल्हमपट्टी’, ‘एकलव्य दृष्टि’ लगायत १४ साहित्यिक कृति प्रकाशन भइसकेका छन् । रासस