२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपका लागि न्यूजिल्याण्डको १५ सदस्यीय टोली घोषणा



अ+ अ-

एजेन्सी । न्यूजिल्याण्डले २०२४ को टी–२० विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ । न्यूजिल्यान्ड २०२४ को टी–२० विश्वकपका लागि टोली घोषणा गर्ने पहिलो राष्ट्र बनेको छ ।

न्यूजिल्याण्डले प्रतिष्ठित प्रतियोगिताका लागि अनुभवी केन विलियम्सनलाई कप्तान नियुक्त गरेको छ । ट्रेन्ट बोल्ट र टिम साउथी जस्ता अनुभवी खेलाडीले पनि टोलीमा स्थान पाएका छन् ।

केन विलियम्सनले छैटौं पटक टी–२० विश्वकप खेल्नेछन् भने कप्तानको रुपमा चौथो संस्करण हुनेछ । टिम साउथी सातौं पटक यस प्रतियोगितामा सहभागी हुनेछन् भने बोल्टको यो पाँचौं टी–२० विश्वकप हुनेछ । न्यूजिल्याण्डको टोली पहिलो पटक टी–२० विश्वकपको उपाधि जित्न चाहन्छ ।

प्रमुख फास्ट बलर काइल जेमिसन र अलराउन्डर एडम मिल्ने चोटका कारण छनोटमा परेका छैनन् । साथै, विलियम ओरुर्के, टम लाथम, टिम सेफर्ट र विल यंगले पछिल्लो समय राम्रो लय देखाउँदा पनि छनोटमा परेनन् ।

अनुभवी ओपनर कोलिन मुनरो फर्कन सकेनन् । न्यूजिल्याण्डले युवा रचिन रविन्द्रमाथि विश्वास व्यक्त गरेको छ । यसबाहेक फास्ट बलर म्याट हेनरीलाई समावेश गरिएको छ । न्यूजिल्याण्डले युवा फास्ट बलर बेन सियर्समा पनि विश्वास व्यक्त गरेको छ, जसलाई ट्राभल रिजर्भको रूपमा समावेश गरिएको छ ।

न्यूजिल्याण्डले गुयानामा जुन ७ मा अफगानिस्तानविरुद्ध खेल्दै टी–२० विश्वकप २०२४ मा आफ्नो अभियान सुरु गर्नेछ । समूह सी मा न्यूजिल्याण्डसँगै वेस्ट इन्डिज, युगान्डा र पपुवा न्युगिनी रहेका छन् ।

 

टी–२० विश्वकपका लागि न्यूजिल्याण्डको टोलीः
केन विलियम्सन (कप्तान), फिन एलेन, ट्रेन्ट बोल्ट, माइकल ब्रेसवेल, मार्क च्यापम्यान, डेभन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, डेरिल मिचेल, जिमी नीशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनर, इश सोधी र टिम साउथी ।