२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुरको बाफल आगलागी: पाँच घाइते मध्ये दुईको निधन



अ+ अ-

पाटन: ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागीमा परि जलेर घाइते भएका ५ जनामध्ये ८ वर्षकी एलिशा गिरी र ५ वर्षकी प्रिया गिरीको उपचारको क्रममा निधन भएको छ ।

किस्ट अस्पतालमा अहिले साँझ ८ बजे मृत्यु भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिष पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार बाकी ३ जनाको अस्पतालमा उपचार भैराखेको छ । आगलागीमा तीन बालबालिकासहित पाँच जना घाइते भएका थिए ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीलेका अनुसार आईतबार बिहान बाफलस्थित मोबिल सङ्कलन गरी राखिएको एक टहरोमा आगलागी भएको थियो ।

आगलागीबाट रौतहट जिल्ला घर भई हाल बाफल बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत उहाँका तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत गिरी घाइते हुनुभएको थियो