२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष 
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यकुमारको शतकमा मुम्बईले हैदरावादलाई हरायो



अ+ अ-

काठमाडौँ । सूर्यकुमार यादवको शतकको आधारमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल २०२४) मा चौथो जित दर्ता गरेको छ ।

वानखेडे रंगशालामा भएको खेलमा टोलीले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो । पछिल्लो ४ खेलमा हैदरावादको यो तेस्रो हार हो ।

वानखेडे स्टेडियममा मुम्बईले टस जितेर बलिङ रोजेको थियो । हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । ट्राभिस हेडले ४८ र प्याट कमिन्सले ३५ रन बनाए । मुम्बईका हार्दिक पाण्ड्या र पियुष चावलाले ३–३ विकेट लिए ।

मुम्बईले १७.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । सूर्यकुमार यादवले १०२ रन बनाए भने तिलक वर्मासँग १४३ रनको साझेदारी गरे । हैदरावादका प्याट कमिन्स, भुवनेश्वर कुमार र मार्को जान्सनले १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदरावादले पावरप्लेमा एक विकेट गुमाएर ५६ रन बनाएको थियो । १० ओभरसम्म टोलीको स्कोर ९०र२ रह्यो, यहाँ पियुष चावलाले ट्राभिस हेडलाई आउट गरे । त्यसपछि चावलाले हेनरिक क्लासेन र अब्दुल समदलाई पनि प्याभिलियन पठाए । उनले कप्तान हार्दिक पाण्ड्याको साथ पाएका थिए जसले ३ विकेट लिएका थिए । सनराइजर्सको स्कोर ९०/२ बाट १३६/८ मा पुग्यो ।

हैदरावादका कप्तान प्याट कमिन्सले मात्र १७ बलमा ३५ रन बनाए । उनको इनिङ्सको आधारमा टोलीले २० ओभरमा १७३ रन बनाएको थियो । कमिन्ससँगै इम्प्याक्ट प्लेयर सनवीर सिंहले ७ बलमा ८ रन बनाएर नटआउट रहे । त्यस्तै मुम्बईका अंशुल कम्बोज र जसप्रित बुमराहले १–१ विकेट लिए ।

१७४ रनको लक्ष्य पछ्याएको मुम्बईले ९ बलमा २६ रन बनाएको थियो । तर यहाँबाट मुम्बईले ५ रनमा ३ विकेट गुमाएको थियो । टोलीको स्कोर ५ ओभरमा ३ विकेट गुमाएर ३६ रन बन्यो ।

छैटौं ओभरमा सूर्यकुमार यादव र तिलक वर्माले कमिन्सविरुद्ध फेरि १६ रन बनाए । त्यसपछि अर्को ओभरमा मार्को जान्सनविरुद्ध २२ रन बनाएर हैदरावादलाई दबाबमा पारे । ७ ओभरपछि स्कोर ७४ रन पुग्यो ।

१८ औं ओभरको दोस्रो बलमा सूर्यकुमार यादवले छक्का प्रहार गरे । योसँगै उनले आफ्नो शतक पूरा गर्दै टोलीलाई जित दिलाए । सूर्य ५१ बलमा १०२ रन बनाएर नटआउट रहे । उनले तिलक वर्मासँग १४३ रनको साझेदारी पनि गरे । तिलकले ३२ बलमा ३७ रन बनाए ।

१६ बल बाँकी रहँदा जितसँगै मुम्बई इन्डियन्स अंक तालिकाको ९ औं स्थानमा पुगेको छ । टोलीले १२ खेलमा ४ जित र ८ हारबाट ८ अंक जोडेको छ । गुजरातको पनि समान अंक छ, तर कमजोर रनरेटका कारण टोली १० औं स्थानमा झरेको छ । बैंगलोर र पञ्जाबको पनि ८–८ अंक छ तर राम्रो रनरेटका कारण दुवै टोली मुम्बईभन्दा अगाडि छन् ।

अर्कोतर्फ, हैदरावादले पछिल्ला ४ खेलमा तेस्रो हार बेहोरेको छ । अब उसको ११ खेलमा ६ जित र ५ हारबाट १२ अंक छ, टोली चौथो स्थानमा छ तर छनोट हुन अन्तिम तीन खेल जित्नुपर्नेछ ।