२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्ज महानगरले अनधिकृत सटर भत्कायो



अ+ अ-

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले वडा नं ९ स्थित गीता मन्दिर परिसरका अनधिकृतरुपमा निर्माण गरिएका सटर भत्काएको छ । अनधिकृत रूपमा कब्जा गरेर मन्दिर परिसरमा निर्माण गरिएका आधा दर्जनभन्दा धेरै सटरलाई महानगरले आज तीनवटा एक्जाभेटर लगाएर भत्काएको हो ।

वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले वीरगञ्जका मठमन्दिर केही व्यक्ति र संस्थाले गरेको अतिक्रमणलाई हटाउने अभियान नै सुरुआत गरेको बताउनुभयो । “भगवान्लाई बन्धक बनाएर राख्न पाइँदैन, श्रद्धालु भक्तजनले जुनसुकै ठाउँबाट पनि मन्दिरको दर्शन गर्न पाउनुपर्छ भन्ने मान्यतासहित अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काएका हौँ”, नगरप्रमुख सिंहले भन्नुभयो, “वीरगञ्जका केही त्यस्ता व्यक्ति तथा संस्थाले मठमन्दिरमा भगवान्लाई बन्धक बनाएर राख्ने चलन छ । त्यसको विरुद्धमा हामीले अभियान नै छेडेका छौँ ।” महानगरले मन्दिरको मुलप्रवेशद्वारको दायाँ–बायाँ र पश्चिमतर्फका आधा दर्जनभन्दा धेरै सटरहरू एक्जाभेटर लगाएर भत्काएको हो ।

नगरप्रमुख सिंहले केही व्यक्तिले अनधिकृत रूपमा सार्वजनिक मठमन्दिर वरपर संरचना निर्माण गराएर कमाइखाने भाँडो बनाइरहेकाले सोलाइ हटाउने अभियान थालेको बताउनुभयो ।

“केही व्यक्तिले बिनाअनुमति मन्दिरको सौन्दर्यकरणलाई प्रत्यक्ष प्रभावित पार्नेगरी विभिन्न सटर थापेको पनि पाइयो”, उहाँले भन्नुभयो, “गीता मन्दिर परिसरमा अनुमतिबेगर नै व्यापारिक सटर निर्माण गरेर सञ्चालन गरेको पाइएपछि भत्काएका हौँ ।”

नगरप्रमुख सिंहले गीतामन्दिर परिसरमा रहेका सटरहरूको आम्दानीको लेखापरीक्षण तथा अन्य कुनै पनि कारोबारको स्पष्ट नभएको पनि दाबी गर्नुभयो । “हामीले १२ दिन अगाडि गीता मन्दिर परिसरमा भएका सटरको सम्बन्धमा सर्वपक्षीय छलफल गरेका थियौँ । सो छलफलपछि आवश्यक कागजात पनि बुझाउन भनेका थियौँ । तर, सटर सञ्चालनकर्ताले कुनै पनि कागजात पेस नगरेपछि आज भत्काएका हौँ ।” सो परिसरमा आधा दर्जनभन्दा धेरै सटर रहेका थिए ।

नगरप्रमुख सिंहले अनधिकृत संरचना भत्काएसँगै अब मन्दिर परिसरलाई व्यवस्थित गराउने बताउनुभयो । “गीता मन्दिर परिसरमा अनधिकृत संरचनालाई पूर्ण रूपमा हटाएर तुरुन्तै व्यवस्थित रूपमा नयाँ खालको आवश्यक संरचना बनाएर अघि बढाउनेछौँ ।” वीरगञ्ज महानगरले पछिल्लो समय अतिक्रमणमा परेको सार्वजनिक जग्गालाई फिर्ता गर्ने काम गर्दै आइरहेको छ । रासस