२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो



अ+ अ-

एजेन्सी । चेन्नई सुपर किंग्सले आईपीएल–२०२४ प्लेअफको आफ्नो आशा जीवित राखेको छ । टोलीले चालू सिजनको ६१ औं खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गरेको हो ।

एमए चिदम्बरम रंगशालामा भर्खरै सम्पन्न खेलमा राजस्थानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनाएर चेन्नईलाई १४२ रनको लक्ष्य दिएको थियो । जवाफमा चेन्नईले ५ विकेट गुमाएर १० बल बाँकी छँदा लक्ष्य पुरा गर्यो ।

यो जितसँगै चेन्नर्य अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चेन्नईको १३ खेलपछि १४ अंक छ । राजस्थानले भने प्लेअफको लागि फेरि अर्को खेलको नतिजा कुर्नुपरेको छ । टोली १२ खेलबाट १६ अंकका दोस्रो स्थानमा छ ।

चेन्नईलाई जित दिलाउन कप्तान रुतुराज गायकवाडले अविजित ४१ रनको योगदान दिए । यस्तै, रचिन रविन्द्रले २७, डेरील मिचेलले २२, शिवम दुवेले १८ तथा समिर रीजवीले १५ रन जोडे ।

बलिङतर्फ राजस्थानका रविचन्द्रन अश्विनले २ तथा युजवेन्द्र चहल र नान्द्रे बर्गरले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १४१ रन जोड्यो ।

उसका लागि रियान परागले सर्वाधिक अविजित ४७ रन बनाए भने ध्रुव जुरेलले २८, यशस्वी जैसवालले २४, जोस बटलरले २१ र सन्जु सामसनले १५ रन बनाए ।

बलिङतर्फ चेन्नईका सिमरजित सिंहले ३ तथा तुषार देशपाण्डेले २ विकेट लिए ।




भर्खरै