२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसलाई प्रधानमन्त्रीको चेतावनी: विश्वासको मत लिँदा देखाएको व्यवहारको चर्को मूल्य चुकाउनु पर्छ



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा नेपाली काँग्रेसले गरेको अवरोधको मूल्य काँग्रेसले चुकाउनुपर्ने बताउनुभएको छ ।

सोमवार विश्वासको मत मागिसकेपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले काँग्रेसले आफूले विश्वासको मत लिँदा बिरोध गरेर गल्ती गरेको बताउनु भयो । उहाँले विगतमा आफूले काँग्रेसलाई पटक पटक साथ दिएको तर काँग्रेसले आज आफूबिरुद्ध देखाएको व्यवहारको मूल्य चुकाउनुपर्ने बताउनु भयो । उहाँले संविधानअनुसार विश्वासको मत लिन नदिएर काँग्रेसले इतिहासकै नराम्रो उदाहरण प्रश्तुत गरेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘म अवरोधमा रहेका मान्यज्युहरुलाई खासगरी नेपाली काँग्रेसका सबै मान्य सदस्यहरुलाई भन्न चाहन्छु, तपाईहरुले आज गलत गर्नुभयो । तपाईंहरुले नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरुलाई पटक पटक साथ दियो, यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरुले संवाद र सहमतिको बाटोतर्फ ल्याउन सहयोग गरेको छ, त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासकै नराम्रो उदाहरण प्रश्तुत गर्नुभयो । त्यसको निम्ति म गहिरो दु:ख प्रकट गर्न चाहन्छु । तपाईंहरुले नेपाली काँग्रेसको लागि धेरै मूल्य चर्को पर्नेछ, आजको तपाईंहरुको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ, कलंकको रुपमा ।’

प्रधानमन्त्री दाहालले काँग्रेसको आजको संसदको गतिविधि नेपालको इतिहासमा कलंकको रुपमा स्थपित हुने बताउनु भयो ।