२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गेललाई जर्सी उपहार दिँदै कोहलीले भने – काका अर्को सिजन आईपीएलमा फर्किनु



अ+ अ-

एजेन्सी । आरसीबीका स्टार ब्याट्सम्यान विराट कोहलीले पूर्व खेलाडी क्रिस गेललाई अर्को वर्ष आईपीएलमा इम्प्याक्ट प्लेयरको रुपमा खेल्न आग्रह गरेका छन् । उनलाई आरसीबीको जर्सी पनि प्रदान गरिएको थियो ।

जसको भिडियो आरसीबीले सामाजिक सञ्जालमा पोस्ट गरेको छ । मे १८ मा चिन्नास्वामी स्टेडियममा भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले चेन्नई सुपर किंग्सलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको थियो ।

खेल सकिएपछि आरसीबीबाट खेलेका पूर्व खेलाडी क्रिस गेल टोलीलाई हौसला दिन आएका थिए ।

यस क्रममा उनले खेलाडीसँग कुराकानी गरे । गेलले आईपीएलबाट सन्यास लिएका छन् र हाल रिटायर्ड प्लेयर्स लिगमा खेल्छन् ।

विराट गेललाई हेरेर हाँस्दै भन्छन्, ‘काका, अर्को वर्ष फर्केर आउनुस्, इम्प्याक्ट प्लेयरको नियम अझै लागू छ । अब तपाईंले फिल्डिङ गर्नुपर्दैन, यो तपाईंको लागि डिजाइन गरिएको हो ।’

जहाँ गेलले विराटलाई यस सिजनमा सबैभन्दा बढी छक्का कति ? भनेर सोधे । ३७ कोहलीले जवाफ दिए ।

कोहली यो सिजन आईपीएलको सर्वाधिक स्कोरर बनेका छन् । उनले अहिलेसम्म खेलेका १४ खेलमा १५५.६० को स्ट्राइक रेटमा ७०८ रन बनाएका छन् । जसमा एक शतक र ५ अर्धशतक समावेश छ । योसँगै उनले ५९ चौका र ३७ छक्का पनि प्रहार गरेका छन् ।

आरसीबी १४ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । आईपीएल लिग राउण्डका १४ खेलमध्ये ७ खेलमा जित र ७ खेलमा हार बेहोरेको छ । आरसीबी ९औं पटक प्लेअफमा पुगेको छ । आरसीबीले अहिलेसम्म उपाधि जितेको छैन । उसले बुधबार एलिमिनेटरमा तेस्रो स्थानको राजस्थानसँग खेल्नेछ । राजस्थान १७ अंकसहित तेस्रो स्थानमा छ ।