२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा बद्मासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ तस्वीर प्रदर्शनीमा बाल्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले पुष्पकमल दाहाल नेतृत्वको सरकारको डेढ वर्षको अवधिमा गणतन्त्रिक व्यवस्थामा बद्मासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताउनुभएको हो । उहाँले सरकार बन्ने बेलामा वर्तमान व्यवस्था नै खराब हो र गणतन्त्रबाट केही भएको छैन भन्ने भाष्य स्थापित हुन खोजेको अवस्था रहेको भन्दै अहिले त्यस्तो अवस्था नरहेको बताउनु भयो । अहिले जतिसुकै ठूलो पदीय हैसियतमा भएपनि गल्ती गर्नेलाई छुट हुँदैन भन्ने स्थापित भएको उहाँले बताउनु भयो । उहाँले सरकारको गतिविधिबाट गणतन्त्र र संविधानभन्दा माथि कोही छैन भन्ने कुरा पुष्टि भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सुशासनको क्षेत्रमा सरकारले लिएको पहलकदमीले व्यवस्था र परिवर्तनको पक्षमा सकारात्मक भाष्य स्थापना गर्न सक्यौँ । यसमा मानव सूचकांकदेखि लिएर समग्र क्षेत्रमा राम्रो, सकारात्मक प्रभाव अगाडी बढाउँदै छ भन्ने कुरालाई तथ्य, तथ्यांकबाट बाहिर राख्यौँ । र सरकारले सुशासनको पहलकदमी लिएर चाहे जतिसुकै ठुलो पदीय हैसियतमा भएको भएपनि यदि गल्ती कसैले गर्छ भने गणतन्त्रमा छुट हुँदैन भन्ने एउटा जबर्जस्त भाष्य स्थापित गर्‍यौँ र ठूलो मान्छे भएपछि जे गरेपनि हुन्छ । बद्मासी गर्दापनि हुन्छ । कानूनले छुन सक्दैन भन्ने ढंगको भाष्य स्थापित हुँदा र त्यसबाट आम जनमानसमा निराशा पैदा भएको थियो । त्यसलाई चिर्न सफल भयौँ भन्ने लाग्छ आजसम्म आउँदा । सरकारको करिव डेढ वर्षको अवधि पुगेको छ । यो अवधिमा हामी सबैले मेहनत गरेर गणतन्त्र छ र बदमाशी गर्नेलाई कारबाही हुन्छ । गणतन्त्र छ र नै संविधानभन्दा माथि कोही छैन । गणतन्त्र छ र नै कानून सबैलाई लाग्छ भन्ने कुरा हामीले व्यवहारत: पुष्टि पनि गर्‍यौँ । स्थापित पनि गर्‍यौँ ।’

उहाँले गणतन्त्रपछि सञ्चार क्षेत्रमा गुणात्मक उपलब्धी हासिल भएको बताउनु भयो । तीन तहको सरकार बनेपछि स्थानीय तहमा सडक पूर्वाधारहरु धेरै बनेको र विकास हुन थालेको पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल

तस्बिरः नवीन पौडेल/रासस




भर्खरै