२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा सञ्जुः हैदरावादविरुद्ध राजस्थानको टोली समस्यामा पर्न सक्ने



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को दोस्रो क्वालिफायर खेल सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच हुँदैछ । राजस्थानका कप्तान सञ्जु सामसनले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेका छन् ।

तर दोस्रो क्वालिफायरमा राजस्थानको समस्या बढ्न सक्छ । टोलीका कप्तान सञ्जु पूर्णतया फिट छैनन् । रोयल च्यालेन्जर्स बैंगलोरविरुद्धको एलिमिनेटर खेलपछि उनले आफू पूर्णतया फिट नभएको बताए । उनको स्वास्थ्य राम्रो छैन ।

एलिमिनेटर खेलमा सञ्जुले खास केही गर्न सकेनन् । उनी १३ बलमा १७ रन बनाएर आउट भए । यद्यपि यो खेल राजस्थानले जितेको थियो । तर अहिले राजस्थानका लागि नराम्रो खबर भनेको सञ्जु पूर्णतया फिट नभएको हो ।

दोस्रो क्वालिफायरमा उनको समस्या बढ्यो भने टिमलाई घाटा हुन सक्छ । सामसनले भने कि उनलाई हल्का खोकी पनि लागेको थियो । राजस्थानको टोली दोस्रो क्वालिफायरका लागि हैदरावादसँग मैदान उत्रनेछ ।

हैदरावादविरुद्धको जित राजस्थानका लागि सहज हुनेछैन । लिगको अन्तिम खेलमा टोलीले हार बेहोरेको थियो । हैदरावादका खेलाडी अभिषेक शर्माले यो सिजन सानदार ब्याटिङ गरेका छन् । दोस्रो क्वालिफायरमा राजस्थानको समस्या बढ्न सक्छ । हैदराबादका लागि ट्राभिस हेडले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । उनीहरुले राजस्थानमा तनाव बढाउन सक्छन् ।

आईपीएल २०२४ को पहिलो क्वालिफायर सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्सबीच भएको थियो । यस खेलमा हैदरावाद ८ विकेटले पराजित भएको थियो । केकेआर जितेर फाइनलमा प्रवेश गरेको छ । अब हैदरावादको टोलीले दोस्रो क्वालिफायर राजस्थानको सामना गर्नेछ । यो खेल जित्ने टोलीले फाइनलमा केकेआरसँग खेल्नेछ ।




भर्खरै