२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी



अ+ अ-

जनकपुर । मधेश प्रदेशमा सरकार परिवर्तन गर्न गठबन्धन दलहरुलाई हतार देखिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विश्वासको मत लिने तयारी गरिरहँदा गठबन्धन दलहरुले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत, नेकपा एकीकृत समाजवादीसहितका दलले प्रदेश प्रमुखलाई नयाँ सरकार गठनका लागि ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका हुन् । जसपा नेतृत्वको सरकार अल्पमतमा रहेकाले नयाँ सरकार गठनका लागि आह्वान गर्न बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाउने तयारी ती दलले गरेका हुन् ।

त्यसो त जेठ १७ गते नै एमाले, नेकपा माओवादी केन्द्र र जनमत पार्टीबीच नयाँ सरकार गठनको सहमति भएको थियो । तर त्यसमा नेकपा एकीकृत समजावादी सहभागी थिएन । अहिले एकीकृत समाजवादी पनि नयाँ सरकार गठनमा सहमत भएको हो । अब लोकतान्त्रिक समाजवादी पार्टी र अरु केही साना दलहरुको समर्थनमा बहुमत पेश गर्ने तयारी गठबन्धनले गरेको हो ।

हुन त अहिलेसम्म लोसपा अनिर्णित छ । तर लोसपा गठबन्धनमा सहभागी नभए पनि एकीकृत समाजवादीसहितका केही साना दलको समयोगमा नयाँ समीकरण बन्न सक्ने देखिएको छ । योसँगै सरोजकुमार यादव नेतृत्वको मधेस प्रदेश सरकार ढल्ने छ ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा सभामुखबाहेक नेकपा एमालेका २४, जनमत पार्टीका १३, माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । यो संख्या ५३ पुग्छ । १–१ सिट भएको नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीमध्ये एउटालाई मात्र जोडे पनि सरकारका लागि आवश्यक पर्ने बहुमत संख्या ५४ पुग्छ ।

बहुमतसहित ध्यानाकर्षण पत्र बुझाए मुख्यमन्त्री यादव विश्वासको मत नलिँदै नैतिकताको आधारमा राजीनामा दिन दबाब पुग्ने उनीहरुको दाबी छ ।