३० जेष्ठ २०८३, शनिबार
,
Latest
काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’ वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः डा. सीके राउत पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’ पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विकास पुरस्कार –२०८१’ बाट सांसद डा. दवेकोटा सम्मानित



अ+ अ-

काठमार्डौं । नेकपा एमाले बाग्मती प्रदेश सभा सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा विकास पुरस्कार २०८१ बाट सम्मानित भएका छन् ।

डिप्लोमा इन्जिनियर्स एशोसिएसन, नेपाल (डिन) को ४४ औँ स्थापना दिवस र विश्व वातावरण दिवसको अवसरमा डा. देवकोटालाई विकास पुरस्कारबाट सम्मानित गरिएको हो । उहाँलाई ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान ग रिएको हो ।

दिगो विकास, जलवायु परिवर्तन, प्राविधिक शिक्षा, भौतिक पूर्वाधारलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै डिनले सम्मान गरेको हो ।

कार्यक्रममा खानेपानी मन्त्री राजेन्द्रकुमार राई, डिनका अध्यक्ष कामेश्वरप्रसाद सिंह, महासचिव विन्दिया कार्की लगायत अन्य पदाधिकारीहरूका बीच उहाँलाई सम्मान गरिएको हो ।

डा. देवकोटाले घरपरिवारको सम्मानमा प्राप्त पुरस्कारमा १ लाख थपेर आफ्नो हजुरबुबा र हजुरआमाका नाममा ‘बसुहरि विकास पुरस्कार’ १ लाख ११ हजार १ सय ११ राशीको अक्षय कोष स्थापना गरेका हुन् । उक्त अक्षय कोशको रकमबाट डिप्लोमा इन्जिनियर्स क्षेत्रमा प्रयोग गरिने उनले बताएका छन् ।