२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाले आयरल्याण्डलाई १२ रनले हरायो



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपमा क्यानडाले पहिलो जित हात पारेको छ । प्रतियोगितामा पहिलो पटक खेलेको यो टोलीले आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो ।

लगातार दोस्रो खेलमा टेष्ट खेल्ने राष्ट्रले तल्लो वरीयताको टोलीसँग हार बेहोरेको छ । एक दिनअघि पाकिस्तानी टोली अमेरिकाको सिकार बनेको थियो ।

न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा आयरल्याण्डले टस जितेर बलिङ रोजेको थियो । क्यानडाले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनाएको थियो । जवाफमा आयरल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो ।

खेलको प्लेयर अफ द म्याच निकोलस किर्टन भए । उनले ४९ रनको महत्वपूर्ण इनिङ खेले । साथै श्रेयस मोभ्वासँग ७५ रनको महत्वपूर्ण साझेदारी गरे ।

निकोलस किर्टनले ४९ र श्रेयस मोभाले ३७ रन बनाए । यी दुईबीच पाँचौं विकेटका लागि ७५ रनको साझेदारी भयो । क्रेग योङ र ब्यारी म्याकार्थीले २–२ विकेट लिए । मार्क एडेयर, ग्यारेथ डेलानी र कर्टिस क्याम्फरले समान १–१ विकेट लिए ।

रन पछ्याउने क्रममा आयरल्याण्डका लागि मार्क एडेयरले अविजित ३४ र जर्ज डकरेलले अविजित ३० रन बनाए । दुवैले ६२ रनको साझेदारी गरे । डिलोन हेलिगरले २ विकेट लिए । जेरेमी गोर्डन, जुनैद सिद्दिकी र साद बिन जफरले एकएक विकेट लिए ।

 

 




भर्खरै