२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपमा आज महाभिडन्त: भारतलाई हराउने दाउमा पाकिस्तान



अ+ अ-

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा आज चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच भिडन्त हुँदैछ । अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा हुनलागेको खेल नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ ।

भारत र पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ मा छन् । त्यो समूहमा आयोजक अमेरिका, क्यानडा र आयरल्यान्ड पनि रहेका छन् । जारी विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ भने पाकिस्तानले हार बेहोरेको छ ।

समूह ‘ए’ मा दुई खेल खेलेको अमेरिका चार अङ्कसहित पहिलो स्थानमा छ । एक खेल खेलेको भारत दुई अङ्कसहित दोस्रो र दुई खेल खेलेको क्यानडा दुई अङ्कसहित तेस्रो स्थानमा छन् । चौथो र पाँचौँ स्थानमा रहेको पाकिस्तान र आयरल्यान्डले खाता खोल्न सकेका छैनन् । सुपर-८ मा पुग्ने सम्भावना कायमै राख्न पाकिस्तानलाई यो खेल जित्नै पर्ने दबाब छ ।

पाकिस्तान र भारत दुवै राष्ट्रले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । यी दुवै राष्ट्रको टी–२० विश्वकपमा यो नवौँ सहभागिता हो । भारत र पाकिस्तानले हालसम्म एक–एक पटक टी–२० विश्वकपको उपाधि जितेका छन् । भारतले सन् २००७ र पाकिस्तानले २००९ मा सम्पन्न टी–२० विश्वकपको उपाधि चुमेको थियो ।

पाकिस्तानले हालसम्म टी–२० विश्वकपमा कुल ४८ खेल खेलिसकेको छ । त्यसमध्ये पाकिस्तान २८ खेलमा विजयी भएको छ भने १८ खेलमा पराजित भएको छ । पाकिस्तानी टोलीको दुई खेल भने बराबरीमा सकिएको छ ।

यसैगरी, भारतले हालसम्म टी–२० विश्वकपमा कुल ४५ खेल खेलेको छ । त्यसमध्ये भारत २८ खेल जितेको छ भने १५ खेलमा हार बेहोरेको छ। भारतको एक खेल बराबरीमा र एक खेल अनिर्णीत रूपमा सकिएको छ ।

भारत र पाकिस्तानले हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १२ खेल खेलेका छन। जसमा भारतले नौ खेल जितेको छ भने पाकिस्तानले तीन खेल मात्र जितेको छ ।

भारतको सम्भावित प्लेईङ ११ :

रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त (विकेटकिपर), सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, शिवम दुबे, रविन्द्र जडेजा, जसप्रित बुमराह, अर्शदीप सिंह, मोहम्मद सिराज र कुलदीप यादव ।

पाकिस्तानको सम्भावित प्लेईङ ११ :

बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), उस्मान खान, फाखर जमान, शादाब खान, इफ्तिखार अहमद, इमाद वसिम, साहिन शाह अफ्रिदी, नसिम शाह, मोहम्मद आमिर र ह्यारिस रउफ ।




भर्खरै