२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत ११९ रनमा अलआउट, पाकिस्तानलाई सहज लक्ष्य



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई १२० रनको लक्ष्य दिएको छ । भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाए । उनी बाहेक कुनै पनि ब्याट्सम्यानले २० रनको अंक पार गर्न सकेनन् ।

पूरा टोली १९ ओभरमा ११९ रनमा अलआउट भयो । अक्षर पटेलले २० तथा रोहित शर्माले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

वर्षाका कारण ढिलो सुरु भएको यो खेलमा भारतले पावरप्लेमा २ विकेट गुमाएर ५० रन बनाएको थियो तर त्यसपछि १३ ओभरमा ६९ रन मात्रै बनाउन सकेको थियो ।

पाकिस्तानका नसिम शाहले ३ विकेट लिए । मोहम्मद आमिरले १५ औं ओभरमा ऋषभ पन्त र रविन्द्र जडेजाको विकेट लिएर भारतलाई ब्याकफुटमा धकेले ।

पाकिस्तानका लागि पेसर्सले सबै विकेट लिए । नसिम शाह ३, हरिस रउफ ३, मोहम्मद आमिरले २ तथा शाहिन शाह अफ्रिदीले १ विकेट लिए ।

नासाउमा हालसम्म ४ खेल खेलिएको छ भने ३ खेल चेजिङ टोलीले जितेको छ । टी–२० विश्वकपको कुरा गर्ने हो भने यस प्रतियोगितामा भारत र पाकिस्तानबीचको यो आठौं भिडन्त हो । पछिल्ला ७ खेलमा भारतले ६ र पाकिस्तानले १ खेल जितेको छ ।