३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर ८ मा पुगेपछि रोहितले भने – यहाँ क्रिकेट खेल्न सजिलो छैन



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ मा लगातार तीन जित दर्ता गर्दै भारत सुपर–८ मा छनोट भएको छ । तेस्रो खेलमा अमेरिकालाई ७ विकेटले हराएपछि रोहित शर्माले टोलीको प्रदर्शनको तारिफ गरेका छन् ।

यसबाहेक न्युयोर्कको पिचबारे उनले यहाँ क्रिकेट खेल्न सजिलो नभएको बताए । उनले अर्शदीप सिंह, सूर्यकुमार यादव र शिवम दुबेको पनि प्रशंसा गरे ।

खेलपछि रोहित शर्माले भने, ‘हामीले अमेरिकाका केही खेलाडीसँग खेलेका छौं । यी खेलाडीले एमएलसीमा पनि खेलिसकेका छन् । उनीहरुले आफ्नो छाप छोडिरहेका छन् र उनीहरुको यस्तो प्रदर्शन देखेर म खुसी छु । हाम्रा सूर्य जस्ता अनुभवी खेलाडीले आवश्यकता अनुसार ब्याटिङ गर्ने अपेक्षा गरेका छौँ र आज दुबेसँगको उनको साझेदारी हाम्रो लागि निकै महत्त्वपूर्ण थियो ।’

रोहितले सुपर ८ मा पुग्नु ठूलो राहत भएको बताउँदै भने – यहाँ क्रिकेट खेल्न सजिलो छैन । हामीले तीनवटै खेलमा अन्तिमसम्म टिक्न बाध्य थियौं । यी जितहरूले हामीलाई धेरै आत्मविश्वास दिनेछन् । हाम्रा बलरहरूले राम्रो बलिङ गरे, विशेष गरी अर्शदीप सिंहले इकोनमिक रूपमा बलिङ गरे । शिवम दुबेले परिस्थितिसँग खेले । तपाईलाई विकल्पहरू चाहिन्छ र हामीले सकेसम्म तिनीहरूलाई प्रयोग गर्न सक्षम हुन आवश्यक छ । आज पिच फास्ट बलरका लागि अनुकूल थियो, त्यसैले प्रयोग गर्न चाहन्थेँ ।’

पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर ११० रन बनाएको थियो । अर्शदीप सिंहले चार ओभरमा ९ रन दिएर चार विकेट लिए । जवाफमा भारतले तीन विकेट गुमाएर लक्ष्य पुरा गर्यो । सूर्यकुमार यादवले अविजित ५० र शिवम दुबेले अविजित ३१ रनको योगदान दिए ।