३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक



अ+ अ-

जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा शुक्रबार यहाँ उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक हुनुभयो ।

सो अवसरमा राष्ट्रपति पौडेललाई नेपालका लागि स्विटजरल्याण्डका राजदूत रामप्रसाद सुवेदी तथा यहास्थित नेपालीहरूले स्वागत गर्नुभएको थियोे । सो अवसरमा राजदूत सुवेदीले स्विस नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे जानकारी गराउनुभएको थियोे ।

साथै स्विटजरल्याण्डमा रहेका नेपालीबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिबालयले जनाएको छ।समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसंग स्वीट्जरल्याण्जका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ़ गराएको बताउँदै आईएलओको कार्यक्रममा उहाँको सम्बोधनले नेपालको अन्तराष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठनको जेनेभामा भएको ११२ औ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उदघाटन सत्रलाई बिहिवार मूख्य वक्ताका रूपमा सम्बोधन गर्नुभएको थियोे ।

उहाँ मित्र राष्ट्र जर्मनीको भ्रमणका लागि भोलि त्यस तर्फ जानुहुने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।