२३ असार २०८३, मंगलवार
,
Latest
काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी नेप्से परिसूचक २४.५७ अङ्कले बढ्यो प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि ५ अर्ब सुनिश्चित, गृह प्रशासनलाई सुशासनको आधार बनाइने अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह जिल्ला पुगेर ढकालले भन्नुभयो– बागलुङमा देखिनेगरी केही काम गर्नेछौं



अ+ अ-

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङ जिल्लामा देखिने गरी कुनै व्यवसायमा लगानी गरिने बताउनुभएको छ । आज बागलुङ बजारमा आयोजित बागलुङ उद्योग वाणिज्य संघको साधारणसभालाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नुभएको हो ।  

गत वर्ष बागलुङमा आयोजित बागलुङ लगानी सम्मेलनमा गरेको प्रतिबद्धताको स्मरण गर्दै उहाँले भन्नुभयो– मेरो जन्मस्थान बागलुङमा हामीले केही व्यावसायिक कार्य गर्नेछौँ, गत वर्षको सम्मेलनमा गरिएको प्रतिबद्धतापछि लगत्तै कोभिड शुरु भएकोले कुनै तयारी गर्न पाइएन, अब केही गर्नेछौँ ।

बागलुङमा गत वर्ष लगानी सम्मेलन गरिएको थियो । सो सम्मेलनमा यसै जिल्लामा जन्मिएका नेपालका एक प्रतिष्ठित व्यवसायी ढकालले जिल्लामा कुनै पनि व्यावसायिक क्षेत्रमा लगानी गर्ने आश्वासन दिनुभएको थियो ।  

तर त्यस सम्मेलनका क्रममा र अहिले पनि कुन क्षेत्रमा के कति स्केलको लगानी गर्ने भन्ने बारेमा भने उहाँले केही बताउनुभएको छैन । बागलुंग बजारमा आयोजित आजको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– बागलुङ पर्यटन, जलविद्युत, कृषि या अरु पनि सम्भावनै सम्भावना भएको जिल्ला हो, हामीले केही गर्ने सोँच बनाएका छौँ ।  

वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा नहेर्दासम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने पनि बताउनुभयो ।  यस्तै नीतिका कारण पनि मलेशियाले छोटै समयमा विकास गरेका नमूनाहरुका उदाहरणहरु प्रस्तुत गर्दै ढकालले जबसम्म राज्यले निजी क्षेत्रलाई व्यावसायिक पार्टनरको रुपमा लिँदैन निजी क्षेत्रको लगानी विस्तार हुन सक्दैन भन्नुभयो । 

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष ढकालले देशमा लगानीमैत्री वातावरण बनाउन, निजी क्षेत्रलाई लगानीका लागि सहजीकरण गर्न र सम्मृद्ध नेपाल निर्माण गर्न राज्यले निजी क्षेत्रलाई हेर्ने परम्परावादी दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । 

राज्यले निजी क्षेत्रलाई पुरानै दृष्टिकोणले हेर्ने हो भने जति नै धेरै लगानी सम्भावनाहरु भए पनि निजी क्षेत्रको लगानी आउन नसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– राज्यको परम्परागत नियम, कानुन र दृष्टिकोणले व्यवसायीहरुलाई सहजीकरण भन्दा पनि निरुत्साहित गरेको देखिएको छ । 

व्यवसायीजति सबै नाफाखोर मात्र हुन् भन्ने तथा व्यवसायीले राज्यसँग लगानी या व्यवसायमैत्री वातावरण या आफ्नो व्यवासायिक सुरक्षा आदिको माग गर्दा कुनै व्यक्तिका लागि मागेजस्तो व्यवहार राज्यले हेर्ने र परम्परागत दृष्टिकोणहरु अहिले पनि कायमै रहँदा देशमा उद्योग तथा व्यवसायका क्षेत्रमा सहज वातावरण बन्न नसकेको उहाँको धारणा थियो । 

हाल देशमा पूँजीका कारण अर्थात् पैसाका कारण कुनै व्यवसाय गर्न नसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– जस्तो कि अहिले कुनै एक सानो कम्पनीको आइपिओ खुल्दा पनि १० गुणा, २० गुणासम्म बढी आवेदन पर्दछ, यसैबाट देखिन्छ कि जनतासँग छरिएर रहेको पूँजी धेरै छ, मात्र त्यसलाई एकतृत गरेर लगानीमा लगाउनुपर्छ । 

उहाँले नेपालमा पूँजीको अभावमा नभएर वातावरण र अग्रसरताको अभावमा लगानी बढ्न नसकेको बताउनुभयो । यसैले नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वले देशमा सानादेखि कर्पाेरेट तहमा लगानीको वातावरण बनाउन र वैदेशिक लगानी भित्र्याउने काममा सहजीकरण गर्ने धारणा पनि राख्नुभयो ।