२३ असार २०८३, मंगलवार
,
Latest
काँग्रेस–एमाले पूर्वसहमतिअनुसार प्रदेश सरकार हेरफेरको तयारी विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि पारित आर्थिक सुधार, सुशासन र पूर्वाधार निर्माणमा सरकारको स्पष्ट मार्गचित्र छः अर्थमन्त्री डा. वाग्ले राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदैः आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ : कृषिमन्त्री चौधरी नेप्से परिसूचक २४.५७ अङ्कले बढ्यो प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार भूकम्पपीडितको आवास पुनःनिर्माणका लागि ५ अर्ब सुनिश्चित, गृह प्रशासनलाई सुशासनको आधार बनाइने अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खिया लागेका दुई वटा नट र बल्टु फुक्लिनेसाथ पार्टी गतिसाथ अघि बढ्यो : प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खिया लागेका दुई वटा नट र बल्टु फुक्लिनेसाथ पार्टी गतिसाथ अघि बढेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असली नेकपा आफैं भएको दाबी पनि गरे। 

यस्तै ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई व्यङ्ग्य गर्दै भने, “कुर्सी चाहिने भए, यता (आफूपक्षीय नेकपामा) आउनुपर्ने बताएका छन् । ओलीले 
प्रतिनिधिसभा पुनर्स्थापना पनि नहुने बताएका छन्।                                     
                  
‘संसद पुनर्स्थापना भयो भने प्रधानमन्त्रीलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा भइरहेका छन्, कहाँबाट आयो यो ? निर्वाचन आयोग, सुरक्षा निकाय चुनावमा लागिसके,’ उनले भने।

ओलीले देशमा अस्थिरता र लोकतन्त्र खतरामा परेपछि संविधानसभा विघटन गरेको बताए। उनले आफूलाई स्थापित भन्ने मिडियामा भड्काउन जाली र प्रायोजित समाचार आउने गरेको दाबी गरे।