२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार पूर्णत: असफल भइसक्यो, राजीनामा गर्नुस्: सांसद कार्की



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले वर्तमान सरकार पूर्ण रुपमा असफल भइसकेको बताउनुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि रहेको भन्दै यसले सरकार असफल भएको जनाउने बताउनुभएको हो ।

उहाँले बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि हुनुले नैतिकताको आधारमा मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताउनु भयो । उहाँले परराष्ट्र मन्त्रालयको खर्च विदेशमा भ्रमण गर्न र फर्निचरहरु किन्न मात्रै भइरहेको भन्दै त्यसलाई कटौति गरेर आन्दोलनरत संघीय संसद सचिवालयका कर्मचारीहरुलाई भत्ता दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘परराष्ट्र मन्त्रालयको खर्च विदेशमा घुम्नु, भ्रमण गर्नु र फर्निचरहरु आदि किन्नुमा जाने रहेछ । यसमा कटौती गरियोस् । यसको रकम संसद सचिवालयको कर्मचारी भत्ता नपाएर आन्दोलिन हुनुभएको छ । उहाँहरुलाई दिइयोस् भनेर प्रश्ताव राख्न चाहन्छु । रसियामा २५ जना मरिसके । परिवारले दु:ख पाएका छन् । नेपाली युवाहरु कतिजना मरेपछि मात्र कुटनीतिक पहल गरेर रसियामा गएका सैनिकहरुलाई फिर्ता गर्न सकिन्छ ? यो मेरो प्रश्न छ । पाँच जना बन्धक छन् । तिनलाई छुटाउन के कुटनीतिक पहल गर्नुभयो ? रसियाले टेरेन भने परराष्ट्र मन्त्रालय कुटनीतिक पहलमा असफल भएको होइन र ? भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्रीले भेटेको जुन दृश्य देखियो । त्यो दृश्य कुटनीतिक आचारसंहितामा पर्छ कि पर्दैन ? मलाई त लाज लाग्यो । त्यो देखेर नेपालीको शीर निहुरिएको छ । चाँडोभन्दा चाँडो कुटनीतिक पहल गर्नुस्, बन्धक बनाएका युवाहरुलाई छुटाउने प्रयास गर्नुस् । गृहमन्त्रीसँग अनुरोध, बस्तीहरुलाई राम्रो ठाउँमा ल्याउँ । के यो सरकार फेल भएको हो ? सत्तापक्ष पनि विरोधी, विपक्ष हुने भैहाल्यो । सरकार असफल भएको हो ? नैतिकताको दृष्टिले सरकारले राजीनामा दिनु पर्ने कि नपर्ने ? यो सरकार पूर्णत: फेल भइसकेको छ । राजीनामा गर्नुस् ।’

उहाँले रसियामा बन्धक नेपालीहरुको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।