२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप: सुपर–८ को पहिलो खेल अमेरिका र दक्षिण अफ्रिकाबीच हुँदै



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ मा आजदेखि सुपर–८ का खेलहरु सुरु हुँदैछन् ।

पहिलो खेल दक्षिण अफ्रिका र पहिलो पटक विश्वकप खेलेको अमेरिकाबीच हुनेछ । दुई टोलीबीचको खेल नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ । अमेरिका पहिलो पटक विश्वकप मात्र खेलिरहेको छैन, सुपर ८ चरणमा पनि पुगेको छ ।

सुपर ८ मा समूह ए बाट अमेरिका र समूह डी बाट दक्षिण अफ्रिका परेको छ । अमेरिकी टोलीले पाकिस्तान र क्यानडालाई हराएको थियो भने दक्षिण अफ्रिकाले आफ्ना सबै लिग खेल जितेको छ । दुवै टोली पहिलो पटक क्रिकेट मैदानमा आमनेसामने हुँदैछन् ।

यस विश्वकपमा एन्टिगुवाको सर भिभियन रिचर्ड्स स्टेडियमको ट्र्याक रेकर्ड पहिले बलिङ गर्ने पक्षमा रहेको छ । पछ्याउने टोलीहरू खेलमा विजयी भएका छन् । यहाँ १७ टी२० खेलहरू भएका छन् भने ६२ प्रतिशत विकेट तेज बलरहरूले लिएका छन् । टस जित्ने टोलीले बलिङ गर्न रुचाउनेछ, किनभने यहाँ आयोजित विश्वकपका ४ खेलमा ३ खेल पछ्याउने टोलीले जितेको छ ।

सुपर–८ मा दुई समूह छन् । समूहमा ४ टिम रहेका छन्, जसले एकअर्कासँग खेल्नेछन् । आजको खेल जित्न सके सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ ।

 

 




भर्खरै