२३ असार २०८३, मंगलवार
,
Latest
बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीति त्याग र निष्ठाको प्रतीक होः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा देशभक्ति हुनुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल स्काउटले आयोजना गरेको बालबालिकासँग प्रधानमन्त्री भन्ने कार्यक्रममा राजनीतिबारे बालबालिकालाई बताउँदै राजनीति फोहोरी खेल बनाइएको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले राजनीति आफैंमा फोहोरी खेल नभई राजनीति गर्नेहरुले फोहोरी खेल बनाएको तर्क गर्नुभयो । राजनीति त्याग र निष्ठा पनि रहेको बताउँदै बालबालिकाहरुलाई समय आएपछि राजनीतिमा लाग्न पनि प्रेरित गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीति गर्नु भनेको एउटा त्याग गर्नु हो । राजनीति गर्नु भनेको कमाउनु होइन । कतिले भन्ने गरेको सुनेको छु मैले जोगी हुन राजनीति गरेको होइन । राजनीति भोगी हुनको लागि गरेको पनि होइन । एक ढंगले जोगी हुनैका लागि राजनीति गरेको हो । आफू जोगी हुन तयार हुनुपर्छ राजनीति गर्ने मान्छेले र देश बनाउन तयार हुनुपर्छ । त्यो भनेर राजनीति सुन्दाखेरी सबै तर्सिने अवस्था होला । राजनीतिको टुप्पोमा बस्ने मान्छेहरु शासनको टुप्पोमा बस्ने मान्छेहरु जोगी जस्तै हुनुपर्दछ ।’

नेपाल स्काउटले हरेक वर्ष जनवरी १ का दिन प्रधानमन्त्रीसँग बालबालिका कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा बालबालिकाले प्रधानमन्त्रीसँग समसामयिक राजनीति, समाज, बालबालिकाको अधिकार र बालबालिका सम्बन्धी सरकारका नीतिहरुका बारेमा प्रश्न सोध्ने गर्दछन् ।

कार्यक्रममा उपत्यका भित्रका दर्जन बढी विद्यालयका सय भन्दा बढी बालबालिका सहभागी भएका थिए ।