३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमिकस क्युरीमा सर्वाेच्च बारबाट अधिकारी र शाक्य



अ+ अ-

काठमाडौंः संसद विघटनसम्बन्धी रिटमा परामर्श उपलब्ध गराउन सर्वोच्च अदालतले मागेको एमिकस क्युरीका लागि सर्वोच्च अदालत बार एशोसिएसनले २ जना कानुन व्यवसायीको नाम सिफारिस गरेको छ ।

शुक्रबार वरिष्ठ अधिवक्ताहरु खगेन्द्रप्रसाद अधिकारी र पूर्णमान शाक्यको नाम पठाएको सर्वोच्च अदालत बार एशोसिएसनले जनाएको छ ।

अधिकारी सर्वोच्च बारका वर्तमान अध्यक्ष हुनुहुन्छ भने शाक्य नयाँ कार्यकालका लागि हालै निर्वाचित हुनुभएको थियो ।

संसद विघटनविरुद्ध परेको रिटमा सर्वोच्चको संवैधानिक इजलासले नेपाल बार एशोसिएसनसँग ३ जना र सर्वोच्च अदालत बार एशोसिएसनसँग २ जना एमिकस क्युरी माग गरेको थियो ।

अदालतले कुनै महत्वपूर्ण विषयमा सुझाव लिनका लागि एमिकस क्युरी माग गर्ने प्रचलन छ । एमिकस क्युरीलाई अदालतको साथी पनि भन्ने गरिन्छ । एमिकस क्युरीले संविधान, कानुन र आफ्नो विवेकको आधारमा अदालतले खोजेको विषयमा राय दिनेछ ।

नेपाल बार एसोसिएसनले एमिकस क्युरीको रुपमा वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीलाई चयन गरेको छ ।

संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतले पुस २२ गतेका लागि पेशी तोकेको छ र त्यसपछि निरन्तर सुनुवाइ हुनेछ ।