३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकारमा समस्यामा- नेता सिंह



file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकारमा परेको बताउनुभएको छ । स्थानीय पूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर नगरपालिकाको छैटौँ नगरसभालाई आज सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन हुँदा यसको असर स्थानीय तहसम्म पुगेको बताउनुभयो । “जनताबाट झण्डै दुई तिहाइ मत पाएको वर्तमान सरकारले पार्टीभित्रको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गर्दा यसको असर सबै प्रदेश र स्थानीय तहसम्म पुगेको छ, प्रधानमन्त्रीले आफूसँग नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नुभयो”, उहाँले भन्नुभयो ।

वर्तमान सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको पनि उहाँले लगाउनुभयोे । विघटित प्रतिनिधिसभाका सदस्य सिंहले नगरपालिकाका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई केन्द्रमा राखेर गोकर्णेश्वर नमूना नगरपालिका निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जनता र जनप्रतिनिधिबीच राम्रो समन्वय भएकाले स्थानीय तहले विकासनिर्माणमा राम्रो फड्को मारेको विचार उहाँले व्यक्त गर्नुभयो । वाग्मती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामालगायतले गोकर्णेश्वरको विकासका लागि सबै एक जुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वरको विकासका बारेमा तयार पारिएको खाका प्रस्तुत गर्नुभएको थियो ।