३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषामा २ दिनदेखि हराएका बालकको शव भेटियो, ५ जना पक्राउ



अ+ अ-

जनकपुरधाम । धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ ।

प्रहरी प्रवक्ता मिश्रले बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको बताउनुभयो । मिश्रले भन्नुभयो, ‘शुरुआती क्रममा उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ, शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छौँ । रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढ्छ ।”

बालकको शव फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग सोधपुछ भइरहेको मिश्रले बताउनुभयो ।