२३ असार २०८३, मंगलवार
,
Latest
बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुहुरो अर्ना अस्पतालमा



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर  अर्ना माउ खाएपछि बच्चालाई उद्धार गरेर वन्यजन्तु अस्पतालमा राखिएको छ । बच्चालाई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले हेर्दै आएको सौराहाका वन्यजन्तु अस्पतालमा ल्याइएको हो । 

अस्पताको निगरानीमा रहने गरी उक्त बच्चालाई कोष परिसरमा राखिएको छ । कोषका प्रमुख डा।बाबुराम लामिछानेका अनुसार जन्मिएको दुई सातामा अर्ना आमालाई बाघले खाएपछि टुहुरो बनेको भाले बच्चालाई अस्पतालले संरक्षण गर्ने बताउनुभयो । उक्त बच्चालाई भैँसीको दूध खुवाएर राखिएको छ । बाघले एकै समयमा दुई वटा अर्ना मारेको थियो । गत वर्ष बच्चा जन्माएको माउलाई पनि बाघले मारेको हो । सो बच्चा ठूलो भएकाले अन्य अर्नासँगै खोरमा छाडिको उहाँले जानकारी दिनुभयो । 

विसं २०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तत्कालीन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो । कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तीमध्ये विभिन्न कारणले आठ वटा अर्ना मरेका छन् । 
 
स्थानान्तरण गरी यहाँ ल्याएपछि हालसम्म चार भाले, दुई पोथी गरी छ वटा बच्चा जन्मिएका छन् ।  निकुञ्जमा बच्चा र बयस्क गरी १३ वटा अर्ना रहेका छन् । खोर बढाएर यहाँ २० देखि ३० अर्ना पुर्याउने योजना निकुञ्जको छ । झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने योजना निकुञ्जको छ । अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ ।