२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमिन्सको ह्याट्रिक, अष्ट्रेलियासामु बंगलादेशले दियो १४१ को लक्ष्य



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको चौथो सुपर ८ खेलमा बंगलादेशले अस्ट्रेलियालाई १४१ रनको लक्ष्य दिएको छ ।

एन्टिगुवाको सर भिभियन रिचर्ड्स स्टेडियममा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनायो ।

खेलमा अस्ट्रेलियाका प्याट कमिन्सले ह्याट्रिक विकेट लिए । कमिन्स टी–२० विश्वकपमा ह्याट्रिक विकेट लिने विश्वका सातौं बलर बनेका छन् । कमिन्स यो उपलब्धि हासिल गर्ने दोस्रो अस्ट्रेलियाली खेलाडी हुन्, यसअघि ब्रेट लीले २००७ को विश्वकपमा यो उपलब्धि हासिल गरेका थिए ।

बंगलादेशका लागि नाजमुल हुसेन सान्तोले ४१, तोहिड हृदोइले ४०, लिटन दासले १६, ताक्सिन अहमदले अविजित १३ रन जोडे ।

बलिङतर्फ अष्ट्रेलियाका लागि कमिन्सले ३, आडम जाम्पाले २ तथा मिचेल स्टार्क। मार्कुस स्टोइनिस र ग्लेन म्याक्सवेलले १–१ विकेट लिए ।