२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप: अष्ट्रेलियाले बंगलादेशलाई डिएलएस मेथडमा २८ रनले हरायो



Australia’s Marcus Stoinis, second left, is congratulated by teammates after taking the wicket of Bangladesh’s Shakib Al Hasan, right, during the ICC Men’s T20 World Cup cricket match between Australia and Bangladesh in North Sound, Antigua and Barbuda, Thursday, June 20, 2024. (AP Photo/Lynne Sladky)
अ+ अ-

एजेन्सी । ट्वान्टी–२० विश्वकप २०२४ को सुपर आठको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई डकवर्थ लुइस विधि (डिएलएस मेथड) अन्तर्गत २८ रनले पराजित गरेको छ ।

अस्ट्रेलियाविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ११.२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय रन बनाएपछि वर्षाले खेल प्रभावित भएको थियो ।

वर्षा नरोकिएपछि ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा अस्ट्रेलिया विजयी भएको हो।

उक्त खेलमा अष्ट्रेलियाका लागि फास्ट बलर प्याट कमिन्सले ह्याट्रिक लिएका थिए ।कमिन्स टी–२० विश्वकपमा ह्याट्रिक विकेट लिने विश्वका सातौं बलर बनेका छन् । कमिन्स यो उपलब्धि हासिल गर्ने दोस्रो अस्ट्रेलियाली खेलाडी हुन्, यसअघि ब्रेट लीले २००७ को विश्वकपमा यो उपलब्धि हासिल गरेका थिए ।

‘सुपर–८’ चरणको ‘समूह–१’ मा एक–एक खेल जितेको भारत र अस्ट्रेलियाको दुई–दुई अङ्क छ । बङ्गलादेश र अफगानिस्तान भने आफ्नो पहिलो खेलमै पराजित भएका छन् ।




भर्खरै