२३ असार २०८३, मंगलवार
,
Latest
बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले भने– ‘त्यो अब मेरो काबु बाहिर गैसक्यो’



अ+ अ-

काठमाडौं । नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले नेकपामा विग्रह आउने निश्चित देखेपछि चीन सरकारको सन्देश ल्याएर आएका थिए चिनियाँ कम्युनिष्ट पार्टीका भाइस मिनिस्टर गुओ याङ्चु । उनको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले हालै नेपालका राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी ओली र नेकपाका अरु नेताहरुसँग भेटवार्ता गरेको थियो । त्यस भेटवार्ताका क्रममा के कस्ता कुरा भए भन्ने विषयमा नेपाली सञ्चारमा खासै त आएन, तर जाने बेलामा उनीहरुले नेकपाका नेताहरुलाई सके पार्टी एकताबद्ध राखी मिल्नु र नसके सरकारमा सहकार्य गर्नु भनेको भने आयो । 

उनीहरुले खास महत्व दिएर दुई जना नेता पुष्पकमदल दाहाल प्रचण्ड, अर्का नेता माधव नेपाल र प्रधानमन्त्री केपी ओली । सबैभन्दा पहिला उनले प्रचण्डसँग कुरा गरेका थिए । पार्टीमा देखिएको फुटको अवस्थाका बारेमा नै उनीहरुको चासो थियो किनभने उनीहरुलाई चिनियाँ राष्ट्रपति सि चिनफिङले यही असाइन्मेन्ट दिएर पठाएका थिए । उनको पहिलो प्रश्न थियो– ह्वाट इज योर मिटिङ प्वाइन्ट ? अर्थात् ओलीसँग मिलेर जानका लागि प्रचण्डलाई केले गर्दा सजिलो पर्छ भनी ती नेताले सोधेका थिए । अनि प्रचण्डको सहजै जवाफ आयो– संसदको पुनस्थापना । प्रचण्डको विचार थियो कि अहिलेलाई संसद  पुनस्थापनाका लागि ओलीले पहल गरेभने पार्टी एक नै नभए पनि सरकारमा मिलेर जान सक्ने अवस्था रहनेछ । 

त्यसपछि सो टिमले नेकपाका वरिष्ठ नेता (हालै दाहाल नेपाल समूहले पार्टी अध्यक्ष बनाएका) माधव नेपाललाई भेटेका थिए । माधव नेपालसँग पनि उनीहरुको प्रश्न भने उनी थियो– ‘ह्वाट इज योर मिटिङ प्वाइन्ट विथ मिस्टर ओली ?’ यो प्रश्नमा नेपालको जवाफ पनि उही थियो कि संसदको पुनस्र्थापना । अहिलेको लागि सबैभन्दा उचित निकास भनेको संसदको पुनस्र्थापना हो । यो विषयमा स्वयं ओली नै लाग्नुपर्छ र त्यसपछि मात्र नेकपा पनि एक रहन्छ र उनीसँग मिलेर जाने बारेमा हामीले मोडालिटी बनाउने छौँ । 

त्यो टोलीले प्रधानमन्त्री ओलीलाई भेट्यो । ओलीसँग बालुवाटारमा भएको करिब ३८ मिनेटको भेटका क्रममा शुरुमा त चीन नेपाल सम्बन्धका कुरा भए । त्यसपछि बिआरआइ प्रोजेक्ट कार्यान्वयनमा नेपालले के गरिरहेको छ भनेर औसत चिनियाँले सोध्ने स्वाभाविक प्रश्न सोधे । यस विषयमा नेपाल प्रतिबद्ध रहेको रेडिमेड जवाफ प्रधानमन्त्रीले दिए । त्यसपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले नेपाल भ्रमणका क्रममा हस्ताक्षर गरिएका आयोजनाहरुको कार्यान्वयनको अवस्थाका बारेमा कुराकानी भए । 

तर यी औपचारिकतापछि चिनियाँ टोलीको खास एजेण्डा त बाँकी नै थियो नेकपा पार्टी एकीकरण र सरकारको । त्यसपछि सो टोलीले प्रचण्ड र माधव नेपालसँगको कुराकानी सुनाए । उनीहरुले संसदको पुनस्र्थापना गर्ने हो भने त्यसबाट आफूहरु मिलेर जान सक्ने स्पष्ट कुरा गरेको प्रधानमन्त्रीलाई सुनाए । त्यसपछि प्रधानमन्त्रीले भने– अब त्यो मेरो काबुबाट बाहिर गैसक्यो । प्रधानमन्त्रीको भनाई थियो कि त्यो एजेण्डा अब राजनीतिक एजेण्डा रहेन, सर्वाेच्च अदालतमा पुगेको छ, मैले गरेर हुदैन ।