३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आउनेछ कोरोनाको खोप तर नेता, व्यापारी र धनीलाई मात्र



अ+ अ-

केहि दिन अघि म स्वास्थ्य मंत्रालय पुगेको थिएँ । त्यहाँ उच्च पदाधिकारीहरू नयाँ मन्त्रीज्यू सँग बसेर मिटीङमा होइबक्सेका रहेछन् (नयाँ नेपालमा सिकेको बोली) मलाई आधा घण्टा समय दिनुस न ‘नेपालको महिला स्वास्थ्यको बारेमा कुरा गर्न’ भनेर त्यहाँको एक ठूला मान्छेलाई भन्दा, उनको उत्तर थियो “हेर्नुस् हामी कोरोना भ्याक्सिन नेपालमा ल्याउन लागिरहेछौं । निजी क्षेत्रहरू पनि यसमा इच्छुक छन् । कागज पत्र बनाउन ब्यस्त छौं, अर्को हप्ता आउनुस न है ।” मैले भने “कोरोनाकोखोप नेपालमा ल्याउन अहिले त सकिन्न होला । आए पनि साधारण जनले पाउन्न । पाए पनि निजी क्षेत्र आएपछि धनी, व्यापारी, पैसा भएका कानुनी लुटेरा, वली, पौडेल, देउवा, कोइराला जस्ता नेपालका ठूला नेता र उनका आसेपासेले मात्रै पाउनेछन् । जनताले त खोपको आशा यो पनि हुन्न ।”

“हो, हामीलाई पनि थाहा छ, खोप अहिले आउँदैन तर जनतालाई देखाउन केही न केही काम त देखाउनै प¥यो’ भनेर ती पदाधिकारी हुँइकिबक्सियो

मन्त्रीज्यूको कक्षमा ।

शायद कुनै ओम्नीपोटेन्ट (omnipotent ) अर्थात ‘जे काम पनि गर्न सक्ने” कुनै शक्तिशाली पक्षका ब्यक्तिहरू मन्त्रीको कक्षमा आएका थिए होलान् ।

मैले त पछि पो थाहा पाए, मैले पहिले चिनेका स्वास्थ्य मन्त्री त पर्यटन मंत्रालयमा गए, unle ‘नेपालमा पर्यटन विज्ञ’ भएर भाषण छाँट्दै बक्सेको देखेपछि ।

अहिलेका नयाँ स्वास्थ्य मन्त्री नेपालको कोरोना खोप, (माफ गर्नुस् कोरोना विरुद्धको) खोप ल्याउन निजी क्षेत्रलाई दिदाँ, कति ब्यांक ब्यालेन्स बढ्छ भनेर विचार गरिबक्सदै होला । अहिलेका मन्त्रीहरूलाई त कोरोनाको औषधी र खोपबारे, बिजुली झ्याप झ्याप जान लगाइ बक्सेर इनभटर बेच्ने, किसानलाई चिनीको पैसा नदिने मालिकबाट धुवाधर ‘रकम’ उठाइबक्सने विचार छ भन्ने कुरा सुलसुलले, भनेको छ । मैले पनि विश्वास गरी हालेको हुँ ।

त्यसैले कोरोनाको खोप जन साधारणको लागि हुने छैन । चुनावको रन्कोमा मन्त्रीज्यूहरूले ‘कोरोनाको खोप ल्याउनेछौं, अरबौ तिरेर’ भनी चाहिँ बक्सनेछ । तर जसरी पुराना waचनहरू बागमतीको पानीमा मिलेर बगि पठायो, मन्त्रीज्यूहरूको वचन पनि त्यसरी नै बगी बक्सनेछ ।

साधारण जन के विचार गर्नु भने _तिमीहरूले खोप पाउने आशा नगर्नु, नत्र चिनीका पैसा माग्न आएका किसानको जस्तै मुटु दुखेर नै तिमीहरूको मृत्यु हुनेछ ।

आशा नै नगर दुःख नै हुँदैन । मलाई त कोरोनाको विरुद्ध खोप मैले लगाउँन पाउँछु भन्ने आशा छैन । कोरोना छ कि छैन भनेर जाँच पनि गर्दिन ।