२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपको सुपर ८ अन्तर्गत शनिबार भएको खेलमा बंगलादेशलाई ५० रनले हराउँदै भारतले सेमिफाइनल पुग्ने आशा थप बलियो बनाएको छ ।

यसअघि अफगानिस्तानलाई ४७ रनले पराजित गर्दै भारतले विजयी यात्रा सुरु गरेको थियो ।

टस जितेर ब्याटिङ गरेको भारतले बंगलादेशविरुद्ध २० ओभरमा पाँच विकेट गुमाएर १९६ रन बनाएको थियो । जवाफमा बंगलादेशले २० ओभरमा आठ विकेट गुमाएर १४६ रन मात्रै बनाउन सक्यो ।

सर भिभियन रिचर्ड्स स्टेडियममा भएको खेलमा जितसँगै भारतीय टोलीले समूह–१ को अंक तालिकामा पहिलो स्थान हासिल गरेको छ । दुई खेलमा लगातार दुई जितसँगै उसको खातामा चार अंक छ । यसबाहेक उसको नेट रन रेट ं२.४२५ भएको छ ।

यससँगै उसले आफ्नो अर्को खेल सोमबार अस्ट्रेलियासँग खेल्नुपर्नेछ । यो खेल जित्यो भने भारत सेमिफाइनलमा पुग्ने छ । योसँगै अस्ट्रेलिया दोस्रो स्थानमा झरेको छ ।

हाल उसको दुई अंक छ । पहिलो स्थानका लागि उसले आइतबार अफगानिस्तानसँगको खेलमा ठूलो अन्तरले जित्नुपर्नेछ । अफगानिस्तान र बंगलादेशको टोली क्रमशः तेस्रो र चौथो स्थानमा छन् । दुवै टोलीले पछिल्लो खेलमा हार बेहोरेका छन् ।

१९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले लिटन दास र तान्जिद हसनबाट राम्रो सुरुवात गरेको थियो । यी दुईबीच पहिलो विकेटका लागि ३५ रनको साझेदारी भएको थियो । लिटन १० बलमा १३ रन बनाएर आउट भए । सोही क्रममा कुलदीप यादवले ६६ रनको स्कोरमा तान्जिदलाई एलबीडब्ल्यू आउट गरेका थिए ।

उनी २९ रन बनाएर प्याभिलियन फर्किए । यस खेलमा कप्तान नजमुल हसन शान्तो बाहेक बंगलादेशबाट कुनै ब्याट्सम्यानले राम्रो खेलेनन् । उनले ३२ बलको सामना गर्दै एक चौका र तीन छक्काको सहयोगमा ४० रन बनाए । तर, जसप्रित बुमराहले उनलाई अर्धशतक बनाउने क्रममा आफ्नो शिकार बनाए ।

बंगलादेशको ब्याटिङ अर्डर भारतीय बलरहरु विरुद्ध निरिह बन्यो । उक्त खेलमा तौहिदले चार रन, शकिब अल हसनले ११ रन, महमुदुल्लाहले १३ रन, जाकिर अलीले एक रन, रिशाद हुसेनले २४ रन बनाए । भने मेहदी हसन र तन्जिमले क्रमशः ५ र १ रन बनाएर अविजित रहे । भारतका लागि कुलदीप यादवले ३ विकेट लिए भने अर्शदीप सिंह र बुमराहले २–२ विकेट लिए । योसँगै हार्दिक पाण्ड्याले पनि एक विकेट लिए ।

त्यसअघि बंगलादेशले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो र टोलीले २० ओभरमा पाँच विकेट गुमाएर १९६ रन बनाउन सफल भयो । यो विश्वकपमा भारतको सबैभन्दा ठूलो स्कोर हो । भारतले यस प्रतियोगिताको इतिहासमा तेस्रो उच्च स्कोर बनाएको छ ।

यो नर्थ साउन्ड स्टेडियममा टी–२० मा टिमको सबैभन्दा ठूलो स्कोर पनि हो । टस हारेर पहिले ब्याटिङ गर्न आएको भारतीय टोलीको सुरुवात राम्रो भएपनि कप्तान रोहित शर्माले यो साझेदारीलाई अझ ठूलो बनाउन सकेनन् र शकिब अल हसनको बलमा उनी आउट भए ।

रोहितको विकेटसँगै शकिब टी–२० विश्वकपमा ५० विकेट पूरा गर्ने पहिलो बलर बनेका छन् । खराब फर्ममा रहेका विराट कोहलीको ब्याटले यो खेलमा रन बनायो । उनले २४ बलमा ३६ रनको इनिङ खेले ।

भारतका लागि हार्दिकपछि कोहली दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बने तर अर्धशतक बनाउन सकेनन् । त्यसै क्रममा शिवम दुबेले हार्दिक पाण्ड्यालाई राम्रो सपोर्ट गर्दै २४ बलमा ३४ रनको इनिङ खेले । एक समय भारतीय टोलीले २०० रनको स्कोर पार गर्छ भन्ने लाग्थ्यो तर बंगलादेशका बलर केही हदसम्म पुनरागमन गर्न सफल भए ।




भर्खरै