३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयरको बुवाको निधनमा नगरपालिकाभर सार्वजनिक विदा



अ+ अ-

झापा। झापाको कनकाई नगरपालिकामा मेयर राजेन्द्र पोखरेलको बुवाको निधन हुँदा आज नगरपालिकाभर सार्वजनिक विदा दिएको छ ।

मेयर पोखरेलका बुवाको ८७ वर्षको उमेरमा हिजो पुस १५ गते निधन भएको थियो । उनको निधनको शोकमा नगरपालिकाले बिहीबार एक दिन नगरपालिकाभर सार्वजनिक विदा दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद न्यौपानेले जारी गरेको सार्वजनिक सूचनामा आज कनकाई नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरुमा समेत सार्वजनिक विदा दिइएको उल्लेख छ ।