२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र अष्ट्रेलियाबीचको खेलमा वर्षा हुने अधिक सम्भावना, कसलाई फाइदा कसलाई बेफाइदा ?



अ+ अ-

एजेन्सी । भारत र अष्ट्रेलियाबीच आज महाभिडन्त हुँदैछ । यो टी–२० विश्वकप २०२४ को ५१ औं खेल हो, जसलाई जितेर दुबै टोली सेमिफाइनलको यात्रा तय गर्न चाहन्छन् ।

आइतबार भएको खेलमा अष्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानले ठूलो अपसेट बनाएको थियो । अब भारतसँगको खेल अष्ट्रेलियाका लागि ‘गर या मर’को हुनेछ ।

अर्कोतर्फ भारतीय टोलीले अघिल्लो खेलमा बंगलादेशलाई ५० रनले पराजित गरेको छ । दुई टोलीबीचको खेल सेन्ट लुसियाको ड्यारेन सामी स्टेडियममा नेपाली समयानुसार राति सवा ८ बजे सुरु हुनेछ । यो खेल अघि, सेन्ट लुसियाको मौसम फ्यान र टोलीका लागि तनावको कारण बनेको छ ।

सेन्ट लुसियाको मौसम खराब रहन सक्छ । समग्रमा वर्षाको सम्भावना ५६ प्रतिशत रहेको छ । यस्तो अवस्थामा यदि यो खेल वर्षाका कारण रद्द भयो भने दुवै टोलीलाई एक–एक अंक दिइनेछ र भारतको जम्मा ५ अंक हुनेछ र सेमिफाइनल पुग्ने छ । तर, अष्ट्रेलियाको जम्मा तीन अंक मात्र हुनेछ । यसपछि उसले बंगलादेश र अफगानिस्तानबीचको खेलको नतिजामा भर पर्नु पर्नेछ ।

भारत र अष्ट्रेलियाबीच हालसम्म कुल ३१ खेल भइसकेका छन्, जसमा अस्ट्रेलियाले १९ पटक जित हात पारेको छ भने ११ खेल भारतले जितेको छ । एक खेलको नतिजा आएको छैन ।

यस्तै, टी–२० विश्वकपमा दुई टोलीबीच जम्मा ५ खेल खेलिएको थियो जसमा भारतले तीन खेल जितेको थियो भने अष्ट्रेलियाले दुई खेल जितेको थियो । २००७ टी–२० विश्वकपमा, भारतले सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गर्दै प्रतियोगिताबाट बाहिर पठाएको थियो ।